
वीरगंज | नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ।
सुनको भाउ आइतबारको तुलनामा सोमबार तोलामा एक हजार छ सय र चाँदीको ६० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख छ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँ रहेको थियो।
यता, प्रतितोला चार हजार सात सय १० रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार बढे चार हजार सात सय ७० रुपैयाँ कायम भएको छ।
