• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

  • वीरगंज संजाल
  • Aug 16, 2026, 6:36 pm
  • ०

     

     वीरगंज  | विद्यालय तहदेखि नै प्रविधि शिक्षा, रोबोटिक्स र नवप्रवर्तनको विकास गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र दुर्शिक्षा एजुकेशन नेटवर्क प्रालिबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

    समझदारीसँगै क्यान महासंघ राष्ट्रिय विद्यालय इनोभेसन लिग (NSIL) को रणनीतिक साझेदार बनेको छ भने दुर्शिक्षा क्यान महासंघको आधिकारिक रोबोटिक्स शिक्षा साझेदारका रूपमा जोडिएको छ ।

    साझेदारीअन्तर्गत कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई लक्षित राष्ट्रिय विद्यालय इनोभेसन लिगलाई देशका सातै प्रदेशमा विस्तार गर्ने योजना अघि सारिएको छ । प्रदेशस्तरीय गतिविधिपछि काठमाडौंमा राष्ट्रिय ग्रान्ड फिनाले आयोजना गर्ने लक्ष्य राखिएको छ ।

    कार्यक्रममार्फत विद्यार्थी र शिक्षकको प्राविधिक क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम, बुटक्याम्प तथा प्रयोगात्मक सिकाइका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै, नेपाली विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरका रोबोटिक्स तथा प्रविधि प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्ने योजना पनि साझेदारीमा समेटिएको छ ।

    यस अभियानमा सामुदायिक तथा सरकारी विद्यालयलाई विशेष प्राथमिकता दिइनेछ । त्यस्ता विद्यालयका विद्यार्थीका लागि आरक्षित सहभागिता कोटा, प्रायोजित रोबोटिक्स किट तथा आवश्यक तालिमको व्यवस्था गरिने बताइएको छ ।

    क्यान महासंघको प्रदेश तथा जिल्ला तहसम्म फैलिएको सञ्जाललाई प्रयोग गर्दै विद्यालयमा विकसित विद्यार्थीका परियोजना तथा आविष्कारलाई उद्योग र प्रविधि क्षेत्रसँग जोड्ने प्रयाससमेत गरिनेछ । यस क्रममा व्यावसायिक मार्गदर्शन, निर्णायक मण्डल, इन्टर्नशिप तथा क्यान इन्फोटेकजस्ता ठूला प्रविधि प्रदर्शनीमा विद्यार्थीका सिर्जनालाई प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने योजना छ ।

    समझदारीको दीर्घकालीन महत्वबारे क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले विद्यालय तहमा नवप्रवर्तन र प्रविधिको प्रयोगलाई संस्थागत बनाउन यस प्रकारको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार यसले विद्यार्थीको क्षमता विकाससँगै संस्थागत उत्कृष्टता हासिल गर्न सहयोग पुर्‍याउनेछ ।

    दुर्शिक्षा एजुकेशन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेयले राष्ट्रिय विद्यालय इनोभेसन लिगको मुख्य उद्देश्य विद्यार्थीलाई प्रयोगात्मक रूपमा प्रविधि सिकाउनु र सैद्धान्तिक ज्ञानलाई व्यावहारिक प्रयोगसँग जोड्नु रहेको बताउनुभयो ।

    उहाँका अनुसार विद्यार्थीलाई वास्तविक जीवनका सामुदायिक समस्या तथा दिगो विकास लक्ष्य (SDGs) सँग सम्बन्धित चुनौती पहिचान गरी प्रविधिमार्फत समाधान खोज्न प्रेरित गरिनेछ । काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका महासचिव चन्द्र बिलाश भुर्तेल तथा दुर्शिक्षाका कार्यकारी निर्देशक महेश अर्याललगायतको उपस्थिति थियो ।

    क्यान महासंघ र दुर्शिक्षाबीचको यो सहकार्यले विद्यालय तहमा रोबोटिक्स, इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (AI) र समस्या समाधानसम्बन्धी सीप विकास गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । सातै प्रदेशका विद्यार्थीलाई प्रविधि र नवप्रवर्तनको समान अवसर उपलब्ध गराउँदै नेपालको डिजिटल भविष्य निर्माणमा यो पहल महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ ।

    facebook sharing button
    messenger sharing button
    whatsapp sharing button
    twitter sharing button
    sharethis sharing button

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑