दुई दिनदेखि स्थिर रहेको सुन मूल्य आज आठ सयले बढ्यो
वीरगंज संजाल
१८ मंसिर २०७६, बुधबार १३:२२
२३५७
काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । सोमबार र मंगलबार प्रतितोला ७१ हजार चार सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुन बुधबार एकै पटक प्रतितोला आठ सय रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार दुई सय र तेजावी सुन प्रतितोला ७१ हजार नौं सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८५० रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ ।