• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ठगी कसुरमा सहकारीका ३ जना पक्राउ,वीरगंजका पनि दुइ

  • वीरगंज संजाल
  • Mar 14, 2023, 9:35 am
  • २५२९

    वीरगंज । दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्ज साखाको अध्यक्ष र मेनेज ठगी कसुरमा पक्राउ परेका छन्। येस्तै अर्को कान्ड् फेरी सार्वजनिक भएको छ। हजारौं बचतकर्ताको करोडौं रकम ठगी गरेको कसुरमा मोरङ प्रहरीले तुलसी सहकारीका ८ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। बचतकर्ताहरुले आइतबार दिएको लिखित उजुरीका आधारमा प्रहरीले सहकारीका क्षेत्रीय प्रबन्धकसहित आठै जनाविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको हो। हालसम्म १२१ जना बचतकर्ताहरुले सहकारीविरुद्ध मुद्दा दर्ता गराएका छन्। बचतकर्ताहरुको उजुरीका आधारमा प्रहरीले हाल ३ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएका तीनै जनालाई सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

    पक्राउ पर्नेहरु मोरङको उर्लाबारी–६ बस्ने सहकारी संस्थाकी उपाध्यक्ष अनिता गौतम, झापाको भद्रपुर–१४ घर भई विराटनगर–३ बस्ने सचिव सबिना न्यौपाने र विराटनगर–२ बस्ने क्षेत्रीय प्रबन्धक मन्दिप खवास रहेका छन्। उनीहरुमाथि म्याद थप गर्दै प्रारम्भिक चरणको अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए। फरार रहेका संस्थाका अन्य ५ जना पदाधिकारीहरुको खोजी कार्य भइरहेको उनले जानकारी दिए। ‘पक्राउ परेकाहरुको बैंक खाता र सम्पत्ति रोक्का गरेर अनुसन्धान थालेका छौं,’ उनले भने, ‘सहकारीको सञ्चालकको खोजी कार्य पनि तीव्र पारिएको छ।’

    विराटनगर महानगरपालिका वडा नं २ बस्ने तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक खवासमाथि प्रहरीले आइतबार नै ५ दिनको म्याद थप गरी अनुसन्धान थालिसकेको छ। बाँकी दुई जनामाथि अनुसन्धानका लागि सोमबार म्याद थप गर्ने तयारी छ। नेपालभर कार्यक्षेत्र भई विराटनगर–२ स्थित मुनालपथमा मुख्य कार्यालय भएको तुलसी बहुमुखी सहकारी संस्थाले हालसम्म उजुरी दिएका १२१ जना बचतकर्ताको १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ ठगी गरेको देखिएको छ। सहकारीको देशभरि कुल २१ हजार ७१३ जना सदस्यहरु रहेका छन्। जसमध्ये ४ हजारभन्दा बढी सदस्यहरु विराटनगरस्थित मुख्य कार्यालयसँग आबद्ध छन्। तर, फाल्गुण १ गतेदेखि सहकारीको सबै कार्यालयहरु बन्द गरी सञ्चालक फरार हुँदा बचतकर्ताहरुको करोडौं निक्षेप जोखिममा परेको छ।

    डेढ अर्ब बढीको आर्थिक कारोबार गर्दै आएको सहकारीले मोरङका बचतकर्ताको मात्रै करिब ६० करोड रुपैयाँ हिनामिना गरेको आशङ्का प्रहरीले गरेको छ। प्रहरीका अनुसार बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, बिशेष बचत र साधारण बचत लगायतका खाताहरु सञ्चालन गरेर सहकारीले योजनाबद्ध रुपमा ठूलो रकम हिनामिना गरेको देखिएको छ।

    शेयर सदस्य हुँदा १५ प्रतिशतसम्म ब्याज र बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने प्रलोभन देखाएर सहकारीले नियोजित रुपमा ठगी गरेको देखिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए। प्रलोभनमा परेर बचतकर्ताहरुले पनि सहकारीमा ठुलो मात्रामा रकम जम्मा गरेको देखिएको उनले जानकारी दिए। उनले भने, ‘बचतकर्ताहरुलाई सहकारीले व्यावसायिक रुपमा अनुचित र असम्भव देखिने आर्थिक प्रलोभनमा पारेको देखिन्छ। बालबच्चा र परिवारका अन्य सदस्यहरुको सुरक्षित भबिष्यको आशामा बचतकर्ताहरुले पनि सहकारीमा ठुलो रकम बचत गरेको देखिएको छ।’

    बचतकर्ता रमा पौडेलसहित १२१ को उजुरी दर्ता भएपछि अनुसन्धान थालेको मोरङ प्रहरीले ठगीमा परेका सम्पूर्ण बचतकर्ताहरुलाई ५ दिनभित्र उजुरी दिन आह्वान गरेको छ। ठगी योजनाबद्ध रुपमा भएको देखिएकाले अनुसन्धानमा सहयोग पुर्‍याईदिन मोरङ प्रहरीले आग्रह गरेको छ।

    सहकारीको नाममा अर्बौंको सम्पत्ति र कारोबार

    वि.सं. २०५२ साल चैत्र १३ गते सहकारी विभागमा दर्ता भएको तुलसी सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा समेत सेवा केन्द्र छ। सहकारी विभागबाट प्राप्त विवरण अनुसार तुलसी सहकारीको दर्ता नम्बर ४१७-०५२/०५३ हो। सहकारीले विराटनगरका बचतकर्ताहरूबाट मात्रै करिब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बताइएको छ। अन्य सेवा कार्यालयको समेत हिसाब गर्ने हो भने सहकारीले हालसम्म जम्मा डेढ अर्ब बराबरको निक्षेप संकलन गरेको श्रोतको दाबी छ। अन्नपूर्णसँग सम्पर्कमा आएका कर्मचारीहरूका अनुसार सहकारीले हालसम्म ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। सहकारीको शेयर पुँजी भने मात्र १० करोड रहेको छ।

    तुलसी सहकारीको नाममा विराटनगर–१९ स्थित मिलनचोकमा १६ कठ्ठा जग्गा छ। झापाको गौरादहमा तुलसी राईस मिलको नाममा पनि डेढ बिगाहा जग्गा छ। गाईघाटको खाबुमा पनि सहकारीको नाममा ३०० रोपनी भन्दा बढी जग्गा रहेको कर्मचारीहरु बताउँछन्। कर्मचारीहरूका अनुसार दमक, गाईघाट र लेटाङमा समेत सहकारीले विभिन्न डिपार्टमेन्ट स्टोरहरू सञ्चालन गरिरहेको छ।

    यद्यपि, सहकारीले पैसा फिर्ता गर्न नमान्नु आश्चर्यजनक विषय भएको बचतकर्ताहरू बताउँछन्। विराटनगर–११ निवासी विनोद कुमार भगत भन्छन्, ‘महिनादिन भन्दा बढी भइसक्यो। तर, आफैँले जम्मा गरेको पैसा फिर्ता पाइएन। मेरो साढे ३ लाख मात्र छ। तर, सहकारीले २/३ हजार रुपैयाँ पनि दिन मानेको छैनन्।’

    विराटनगर–२ मुख्य कार्यालय रहेको तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन्। सहकारीले काठमाडौंको गोठाटारमा गोर्खा टी एण्ड कफी उद्योगमा पनि लगानी गरेको बताइएको छ। यसबाहेक भक्तपुरको मध्यपुर ठिमीस्थित शिखर दीप बचत तथा ऋण सहकारी संस्था, शिव शिखर कृषि सहकारी, गोर्खा वेभरेज र शिखर फ्रुट एण्ड स्पाइसेस जस्ता उद्योगमा समेत तुलसीको लगानी रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने
  • म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने
  • देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
  • काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    News

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    News

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    News

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    News

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑