• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बारा पर्साका हुरीपीडितको घर निर्माण अन्तिम चरणमा

  • वीरगंज संजाल
  • Aug 24, 2019, 2:40 am
  • ३४६७

    काठमाडौँ : गत चैत १७ मा गएको विनाशकारी हुरी र असिनापानीका कारण घरबारविहीन भएका बारा र पर्सावासी अझै त्रिपालमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य छन् । साउन १५ गतेभित्र पीडितलाई घर हस्तान्तरण गर्ने योजनासहित नेपाली सेनाले सुरु गरेको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

    घर निर्माणमा ढिलाइ हुँदा त्रिपालमुनि बसेका हुरीपीडित गर्मी र वर्षाको सास्ती भोग्न बाध्य छन् । त्यसैगरी, बास त्रिपालमुनि र बाहिर वर्षाका कारण खान पकाउन नमिलेका कारण पीडितहरू भोकभोकै बस्न बाध्य छन् ।

    वर्षा सुरु हुनुअघि नै पीडितलाई घर हस्तान्तरण गर्न वैशाख २१ गते उपप्रधानमन्त्रीद्वय, प्रदेश २ का मुख्यमन्त्री र आठ जनामन्त्रीले बारा र पर्साको १२ ठाउँबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गर्नुभएको थियो । चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हुरीपीडितलाई वर्षा सुुरु हुनुअघि नै घर बनाइदिने र सो निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जनता आवास कार्यक्रमको मोडेलमा घरहरू निर्माण गर्ने निर्णय सरकारले गरेको थियो ।

    हुरीपीडितका घर निर्माणमा ढिलाइ भएकोेबारे नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अविरल वर्षा र बाढीका कारण घर निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसकेको बताउनुभयो । त्यसैगरी, निर्माण सामग्री खरिद प्रक्रिया लम्बिएको र बाहिरबाट जनशक्ति लिनुपर्ने भएकाले निर्माण कार्य निर्धारित समयभन्दा केही ढिलो हुन पुगेको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता पाण्डेले भन्नुभयो, “पुनर्निर्माण, पुनस्र्थापना सहजीकरण र समन्वय समितिको बैठकले पूर्व योजनाअनुसार साउन २६ गतेभित्र घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा बाढी तथा डुबानका कारण नौ दिन काम स्थगित भएकाले समय अभाव हुने देखिएको हुँदा भदौको दोस्रो सातासम्म लाग्ने सम्बन्धमा सम्बन्धित सम्पूर्ण निकायमा जानकारी गराइसकिएको छ ।”

    घर निर्माणको ९४ दशमलव ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै उहाँले भदौको दोस्रो सातासम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो । घर निर्माणका लागि नेपाली सेनाको १२ वटा टोली परिचालन भएको र सेनाका २६ सय जवान खटिएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

    बारा र पर्सामा गरी जम्मा ८६९ घर निर्माण भइरहेकोमा ५१८ वटा घरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र बाँकीको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो । निर्धारित ८६९ मध्ये पारिवारिक जग्गा विवादका कारण १२ वटा घर निर्माण सुरु हुन नसकेको समेत उहाँले बताउनुभयो । प्रवक्ता पाण्डेका अनुसार, निर्माणाधीन घरहरूको जग खन्ने, जग लगाउने, छानासम्म पर्खाल लगाउने र झ्यालढोकाको ‘फ्रेम’ लगाउने काम सकिएको छ । त्यसैगरी छानाको ट्रस लगाउने काम शत प्रतिशत, छाना छाउन्ने काम ९९.५ प्रतिशत र प्लम्बिङ, वायरिङ तथा रङ लगाउने काम ८७ प्रतिशत सम्पन्न भइसकेको छ । मूल्यअभिवृद्धि करसहित प्रतिघर पाँच लाख ४५ हजार रुपियाँ लागत रहेको छ । घरमा दुई कोठा, एउटा बरन्डा र एउटा शौचालय छन् । गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑