• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षक दरबन्दी मिलान जिम्मा स्थानीय तहलाई

  • वीरगंज संजाल
  • ७ भाद्र २०७६, शनिबार ००:५९
  • ७३३७

    काठमाडौँ : विद्यालय तहका शिक्षकको दरबन्दी मिलानको जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरबन्दी मिलान तथा पुनःवितरणका बारेमा पठाएको प्रस्तावलाई यसै साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । स्वीकृतिसँगै लामो समयदेखि थन्किएको शिक्षक दरबन्दी मिलानको गाँठो अब फुक्ने अवस्था बनेको छ ।

    शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले भन्नुभयो, “अब सम्बन्धित स्थानीय तहले हरेक वर्ष शिक्षक दरबन्दी मिलान गर्नुपर्ने हुन्छ ।” स्थानीय तहले सालबसाली शिक्षक दरबन्दी मिलान गरे पनि विद्यार्थी सङ्ख्या घट्बढ हुँदा प्रदेश र सङ्घले आवधिक रूपमा पुनरवलोकन गर्न सक्ने छन् । मन्त्रिपरिषद्बाट स्वीकृत यस व्यवस्थाबाट स्थानीय तहभित्र मात्र शिक्षकको दरबन्दी मिलानले टाढा सरुवा नहुने हुँदा शिक्षकबाट विरोध हुनुपर्ने अवस्था नरहने भनाइ मन्त्रालयका पदाधिकारीको छ ।

    सबैभन्दा बढी प्राथमिक तहमा शिक्षक थुप्रिएका छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा कम छन् । शिक्षक दरबन्दी पुनःवितरण सुझाव कार्यदलको प्रतिवेदनले देशभरिका सामुदायिक विद्यालयमा अझै करिब ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको देखाएको छ । मुलुकका तीन हजार ६२ विद्यालयमा एउटा पनि दरबन्दीका शिक्षक नभएको पाइएको छ । गत वर्ष तयार गरिएको कार्यदलको प्रतिवेदनले देशभरिका दुई हजार ८१६ विद्यालयमा १० भन्दा कमको अनुपातमा विद्यार्थी–शिक्षक रहेको औँल्याएको थियो ।

    प्रतिवेदनअनुसार छ हजार ७७८ विद्यालयमा १० देखि २० जनासम्म विद्यार्थी छन् । यी दुईवटा तथ्याङ्कलाई जोड्दा नौ हजार ४९४ विद्यालयहरूमा विद्यार्थी–शिक्षक अनुपात १ः२० भन्दा कम रहेको स्थिति छ ।

    मन्त्रालयका सहसचिव काप्रीले हरेक स्थानीय तहलाई शिक्षक दरबन्दी किटान गरेर पठाइदिने र त्यसैका आधारमा उनीहरूले मिलानको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “आधार हामीले तय गर्नेछौँ” उहाँले थप्नुभयो, “त्यही आधारलाई टेकेर दरबन्दी किटान गरिदिनेछौँ । सुरुमा किटान गरिदिएपछि स्थानीय तहलाई मिलान गर्न सहज हुनेछ ।”

    उहाँका अनुसार गत २०७५ सालको विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा दरबन्दी किटान गरिनेछ । शिक्षा नियमावलीमा प्राथमिक तहमा न्यूनतम दुई जना, निम्न माध्यमिक तहमा न्यूनतम चार जना र माध्यमिक तहमा न्यूनतम आठ जना शिक्षक रहने व्यवस्था छ । नियमावलीमा पहाडमा ४५ जना विद्यार्थी बराबर एक शिक्षक, हिमालमा ४० जना विद्यार्थी बराबर एक शिक्षक र तराई तथा उपत्यकामा ५० जना विद्यार्थी बराबर एक जना शिक्षक अनुपात कायम गरिएको छ । देशभरि हाल एक लाख छ हजार शिक्षक दरबन्दी कायम छ ।

    कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा कक्षा १–५ मा एक जना पनि शिक्षक नभएका एक हजार ४८१ विद्यालय, एक शिक्षक भएका दुई हजार ४०४ विद्यालय, दुई मात्र शिक्षक भएका चार हजार १९० विद्यालय र दुईभन्दा बढी शिक्षक भएका पाँच हजार ३०८ विद्यालय रहेको औँल्याइएको थियो । त्यस्तै कक्षा ६–८ सञ्चालित विद्यालयमध्ये एक हजार ७४ विद्यालयमा एक जना पनि शिक्षक छैनन् भने चार हजार ३३० विद्यालयमा एक जना, एक हजार ३५७ विद्यालयमा दुई जना र चार हजार ३५७ विद्यालयमा दुई जनाभन्दा बढी शिक्षक कार्यरत छन् । कक्षा ९–१० का विद्यालयमध्ये ५०७ मा एक जना शिक्षक छैनन् र ७१४ विद्यालयमा एक जना, दुई हजार २१ विद्यालयमा दुई जना तथा दुई हजार ८४७ विद्यालयमा दुईभन्दा बढी शिक्षक छन् । गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑