काठमाडौं । भारतको पुरुष भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) भलिबलको फाइनलमा पुगेको छ ।आइतबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै भारतले फाइनलमा स्थान बनाएको हो ।त्रिपुरेस्वरस्थित राष्ट्रिय कभर्डहलमा भएको खेलमा भारतले पहिलो सेटमा २७–२५ को कठिन जित निकालेको थियो ।
दोस्रो सेटमा २५–१९ को जित निकालेको भारतले तेस्रो सेट २५–२१ ले ग’माएको थियो । निकै प्रतिस्पर्धात्मक चौथो सेटमा भारतले श्रीलंकामाथि २५-२१ को जित निकाल्दै फाइनल पुगेको हो । जितसँगै फाइनल प’गेको भारतको एक पदक पदक पक्का भएको छ ।