काठमाडौं । नेपाल राष्ट्र बैंकले सट्टेबाजी (गेम्बिलङ र बेटिङ)मा सहभागी नहुन चेतावनी दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर सचेत गराएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैर कानूनी काम नगर्न सूचित गरेको छ ।
जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले इजाजत र अनुमतिपत्रप्राप्त संस्थाहरुलाई निर्देशन दिएको छ ।