वीरगंज | आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ।
ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित हात पार्नुपर्ने हुन्छ।तियोगिताअन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो। यस्तै आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ।
नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्नेछ ।छनोटमा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन छन्।