• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

  • वीरगंज संजाल
  • Aug 4, 2026, 10:35 am
  • ०

    वीरगंज | बारा । बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले कानुनी व्यवस्था विपरीत विद्यालय कर्मचारीलाई काज फिर्ता नगरी नगरपालिकामै जिम्मेवारी दिएको आरोप लागेको छ।

    शिक्षा विकास तथा समन्वय इकाई, बाराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा परेको उजुरी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव

    बारा । बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले कानुनी व्यवस्था विपरीत विद्यालय कर्मचारीलाई काज फिर्ता नगरी नगरपालिकामै जिम्मेवारी दिएको आरोप लागेको छ।

    शिक्षा विकास तथा समन्वय इकाई, बाराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा परेको उजुरी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त पत्रका आधारमा पाँच जना कर्मचारीलाई विद्यालयमा काज फिर्ता गर्न निर्देशन दिएको थियो।

    इकाईले २०८१ असार ६ गते गरेको निर्णयअनुसार सम्बन्धित पाँच जनालाई तीन दिनभित्र आ–आफ्नो विद्यालयमा काज फिर्ता गर्न अल्टिमेटम दिएको थियो। उक्त निर्देशनअनुसार शिक्षा संयोजकका जिम्मेवारीमा रहेका पंडित त्रिपाठीलाई पचरौता नगरपालिकाले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इनर्वा पकडियामा काज फिर्ता गरेको बताइएको छ।

    तर, सोही प्रक्रियामा परेका श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौलीका विद्यालय कर्मचारी (लेखापाल) मुकेश कुमार सिंहलाई भने हालसम्म काज फिर्ता नगरिएको आरोप छ। सिंहलाई नगरपालिकाले शिक्षा सह–संयोजकको जिम्मेवारीमा राखेको छ।

    सिंह नगर प्रमुख जैसवारका नातामा पर्ने व्यक्ति रहेको दाबी गर्दै स्थानीय जानकारहरूले एउटै विषयमा फरक–फरक व्यवहार गरिएको भन्दै प्रश्न उठाएका छन्। उनीहरूले कानुनी निर्देशन कार्यान्वयन नगरी नातागोताका व्यक्तिलाई नगरपालिकाको जिम्मेवार पदमा राख्नु प्रशासनिक निष्पक्षता, पारदर्शिता र सुशासनको मर्मविपरीत भएको बताएका छन्।

    यस विषयमा पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त राज जोशीसँग प्रतिक्रिया लिन मोबाइल नम्बर ९८४८७३२३९९ मा सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

    यता शिक्षा विकास तथा समन्वय इकाई, बाराका निमित्त इकाई प्रमुख अशोक कुमार रौनियारले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै सम्बन्धित कर्मचारीलाई काज फिर्ता गर्नुपर्ने बताए।

    उक्त पत्र पठाइएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको विषयमा रौनियारले आफू हाल कार्यालयबाहिर रहेको भन्दै कार्यालयमा फर्किएपछि आवश्यक जानकारी लिने बताए।

    स्रोत विकास केन्द्रबाट प्राप्त पत्रका आधारमा पाँच जना कर्मचारीलाई विद्यालयमा काज फिर्ता गर्न निर्देशन दिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओझेलमा परेको भाले बास्ने ताल
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
  • वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑