

वीरगंज | वीरगन्ज–२३ निवासी डा. राजु बैठाले भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा पीएचडी उपाधि हासिल गरेपछि वीरगन्ज महानगरपालिकाले उनलाई सम्मान गरेको छ।
डा. बैठाले ‘Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services’ विषयमा अनुसन्धान गरी पीएचडी हासिल गरेका हुन्। उनलाई महानगर प्रमुख राजेशमान सिंहले खादा लगाएर सम्मान गरेका थिए।



सम्मान कार्यक्रममा प्रमुख सिंहले डा. बैठाको उपलब्धिले वीरगन्जको शैक्षिक पहिचान थप उचाइमा पुगेको बताए। डा. बैठाले आफ्नो अनुसन्धानमा आधारित पुस्तकसमेत महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए।
उनको अनुसन्धानमा वीरगन्ज महानगरपालिकाको सार्वजनिक सेवा प्रवाह, प्रभावकारिता, चुनौती र सुधारका सम्भावनाबारे अध्ययन गरिएको छ।


