• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

  • वीरगंज संजाल
  • Aug 4, 2026, 6:10 pm
  • ०

    वीरगंज । औद्योगिक नगर विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको घरमा बहुमूल्य सामान राखेको लिखित उजुरीका आधारमा छापा मारिएको प्रहरीले प्रस्ट्याएको छ ।

    छापा मार्दा प्रहरीले केही प्रमाण फेला नपारी रित्तो हात फर्कँदा मुलुकको गृह प्रशासनको विश्वसनीयताप्रति चौतर्फी आलोचना भएपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ |

    छलफलमा सहभागी एक उद्योगीका अनुसार मुन्दडाको घरमा बहुमूल्य सामान लुकाएर राखेको नाम र नम्बरसहितको लिखित उजुरी परेपछि प्रहरी छापा मार्न बाध्य भएको डीआईजी खनालले बताए । तर, उनले त्यो कुन र कस्तो बहुमूल्य सामान हो भन्नेबारे खुलाएनन् ।

    ती उद्योगीका अनुसार डीआईजी खनालले घुमाउरो भाषामा मुन्दडाको घरमा ठूलो परिमाणमा नगदसहित सुन र चाँदी लुकाएर राखेको उजुरी परेकोतर्फ संकेत गरेका थिए ।

    छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीसहित पीडित उद्योगी प्रकाश मुन्दडा लगायतका उद्योगी व्यवसायी सहभागी थिए

    प्रकाश मुन्दडा उद्योग परिसंघ कोशीका उपाध्यक्ष र निजी क्षेत्रको जेठो संस्था मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष हुन् । उनीहरू सबै एकाघरमा बस्छन् । प्रहरीले उद्योगी प्रकाशको घरमा नभई उनका काका बेनीगोपालको घरमा छापा मारेको दाबी गरेको छ ।

    मुन्दडा परिवारको नेपालकै सबैभन्दा ठूलो चाँदी उद्योग जेजे ज्वेलर्ससहित हिमगिरि सोप, बाबा रिफाइनरी, मारुती रिफाइनरी, हाइलाइफ चप्पल लगायतका उद्योग छन् । यो परिवारले सीता एअरमार्फत हेलिकोप्टरबाट हवाई सेवाको व्यवसाय पनि गर्दै आएको छ । त्यस्तै विराटनगरको सेन्ट्रल मलको सञ्चालक रहेको मुन्दडा परिवार घरजग्गाको कारोबारमा पनि संलग्न छ ।

    छापा तथा अनुसन्धानात्मक कारबाहीअघि प्रयोग गरिने सूचना संयन्त्रको विश्वसनीयता र प्रामाणिकतामाथि गम्भीर पुनरावलोकन गर्न, अपुष्ट सूचनाका आधारमा गरिने कारबाहीबाट निर्दोष उद्योगी-व्यवसायीको सामाजिक प्रतिष्ठा र व्यावसायिक साखमा असर पुग्नका साथै यस्ता आधारहीन क्रियाकलापले राष्ट्रको अर्थतन्त्रमा दूरगामी असर पर्ने भन्दै उद्योगीहरूले ध्यानाकर्षण गराएका छन् । अब त्यस्तो गल्ती नदोहोरिने डीआईजीले आश्वासन दिएको सहभागी उद्योगीले बताए ।

    यसैबीच, कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार यो घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

    उद्योगी व्यवसायी मुन्दडाको घरमा प्रहरीले छापा हानेको विषयमा प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग स्पष्टीकरण मागेको हो । छापा मार्नुको कारण, प्राप्त सूचना तथा त्यसलाई पुष्टि गर्ने आधार र प्रमाणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

    “हामीले प्रहरीले अपुष्ट सूचनाका आधारमा उद्योगी व्यवसायीको घर र उद्योगमा छापा मार्दा मानमर्दन भएको र सामाजिक प्रतिष्ठामा गम्भीर आघात पुगेको गुनासो गर्‍यौँ । मान-प्रतिष्ठा र विश्वासकै भरमा अर्बौँको कारोबार गर्दै आएका छौँ । प्रहरीले अपुष्ट सूचनाका आधारमा घर र गोदाममा छापा मारेर मान-प्रतिष्ठा नै सडकमा ल्याइदिएपछि कारोबार नै प्रभावित भएको छ,” छलफलमा सहभागी उद्योगीले डीआईजीसमक्ष गुनासो पोखेका थिए ।

    अपुष्ट सूचनाको भरमा उद्योगी-व्यवसायीलाई आतंकित पार्ने शैलीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी लामो समयसम्म छापा मारेर त्रसित बनाएको र कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयन गर्दा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता तथा प्राकृतिक न्यायको सिद्धान्तलाई समेत समान रूपमा ध्यान दिन डीआईजीसमक्ष आग्रह गरिएको सहभागी उद्योगीहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑