एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युरो क्वालिफायर अन्तर्गत युक्रेनविरुद्ध गोल गर्दै आफ्नो फुटबल करियरमा ७०० गोल पूरा गरेका छन् । सोमबार राति भएको खेलमा पोर्चुगल युक्रेनसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
युक्रेनविरुद्ध रोनाल्डोले गरेको गोल पोर्चुगलको लागि ९५ औँ गोल हो । रोनाल्डोले ७०० गोल गरेसँगै मुलर, पुस्कस, पेले, रोमारिओ, बिकनजस्ता खेलाडीहरुको सूचीमा उनी पनि परेका छन् ।