• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

  • वीरगंज संजाल
  • Sep 19, 2026, 10:35 am
  • ०

    वीरगंज | नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको छ । २०७२ साल असोज ३ गते जारी भएको संविधानको कार्यान्वयनले लुम्बिनी प्रदेशका नागरिकले परिवर्तनको चाहना पूरा हुँदै गएको महसुस गरेका छन् ।

    राज्यका विभिन्न तहमा महिला, दलित, आदिवासी, जनजाति, मधेशीलगायत सबैको वर्ग, क्षेत्र र लिङ्गको पहुँच बढेको अनुभूति हुँदै गएको सरोकारवालाले बताएका छन् । संविधानको मर्म र भावना अनुसार नागरिकले घर घरसम्म पाउनुपर्ने सेवा र सुविधामा अझै कमी रहेको महसुस भए पनि त्यसमा बिस्तारै सुधार हुँदै जाने र परिवर्तनको अनुभूति गर्न पाइने विश्वास आमनागरिकले गरेका छन् ।

    प्युठानकी नागरिक अगुवा पार्वती विकले संविधानले दिनुपर्ने नागरिकको सबै हक अधिकार दिइसकेको र त्यो कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जनताले जुन परिवर्तनको अपेक्षा गरेका थिए, त्यो कागजमा पूरा भएको छ तर व्यवहारमा बिस्तारै देखिन थालेको र आगामी दिनमा थप सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

    कपिलवस्तुका मानव अधिकारवादी अभियन्ता रवि ठाकुरले जनताले चाहेको विकासको परिवर्तन देशमा आएको बताउनुभयो । उहाँले अझै पनि सङ्घीयताको मर्म र भावना अनुसार स्थानीय र प्रदेश सरकारले पाउनुपर्ने अधिकार नपाउँदा त्यसको असर कहीँ न कतै सीमान्तकृत नागरिकसम्म परेको महसुस भएको गुनासो गर्नुभयो । गुल्मीका नागरिक अभियन्ता पदम पाण्डे २०७२ सालमा संविधान जारी भएपछि गाउँसम्मै नागरिकले अधिकार पाएको अनुभूति गरेको बताउनुभयो । उहाँको विचारमा विकासनिर्माणको कामदेखि सार्वजनिक सेवामा नागरिकको पहुँच बढेको छ तर अझै पनि कता कता केही नपुगेको जस्तो भइरहेको छ, त्यो मिलाउने कुरामा राज्यका तीन वटै सरकार लाग्नु पर्छ ।

    कपिलवस्तुका शिक्षक सुजाता सुवालले यो अवधिमा नागरिकमा चेतनास्तर वृद्धि भएको बताउनुभयो । सुवालका अनुसार अझै पनि नागरिक तहमा धेरै परिवर्तनको खाँचो छ ।

    बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि राज्यका हरेक क्षेत्रले परिवर्तनको अनुभूति गरेको बताउनुभयो । कानुन व्यवसायी युवराज कँडेल भने जनताको लामो सङ्घर्षपछि प्राप्त भएको नेपालको संविधान प्राप्तिका १० वर्ष पूरा भइसक्दा पनि मौलिक हकको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । उहाँको विचारमा खास गरी शिक्षा, स्वास्थ्य, समानता, वातावरणीय सुरक्षा, सम्पत्ति र आवासको हक कार्यान्वयनमा सरकारी पक्षको उदासीनता देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
  • तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑