वीरगन्ज । साताको कोरोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा खरिद बिक्रि भइरहेको महासंघले जनाएको छ ।