वीरगंज ।मौसम परिवर्तनसँगै रुघा-खोकी देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । रुघा खोकी लागे सगैँ घाटी सकसकाउने, घाटी बस्ने दुख्ने गर्दछ । यदि यी कुराहरुलाई ध्यान नदिने हो भने यो सामान्य रोगले पछि ठुलो रोगमा परिणत हुन सक्छ । सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस ९पिनास० जस्ता अनेकौ रोगको कारण बन्न सक्छ ।
रुघाखोकीको घरेलु उपाचार
दुध र बेसार: राती सुत्नु भन्दा अगाडि तातो दुधमा आधा चम्चा ध्यु र आधा चम्चा बेसार मिसाएर पिउनुस् । कमसेकम ३ दिन सम्म यसको सेवन गनुस् रुघा कम हुन्छ ।
ल्वाडः ९यदी राती सुत्ने बेला खोकी आको आए गरेर हैरान गर्छ भने मुखमा २।३ वटा ल्वाडः राखेर विस्तारै चपाउदा चपाउनुस् यसो गर्नाले खोकी बन्द हुन्छ ।
बेसार ध्यु, अदुवा र चीनी : एउटा डाडुमा १ चम्चा ध्यु। ऋाधा चम्चा बेसार अनी आधा चम्चा चीनी हालेर ३ मिनेट सम्म तताऊँ । र यसलाई अलि कति सेलाएर पुरै खाउँ । यसलाई हप्तामा ३ पटक सम्म खानाले खोकी विसेक हुन्छ ।
तुलसी चिया : ५ वटा तुलसीको पातलाई दुधको चियामा हालेर २ मिनेट सम्म तताएर सेवन गर्नुस् । दिनमा २ ३ चोटी पिउनाले चाडै नै खोकीबाट छुटकारा पाउन सकिन्छ ।
दाल चिनी र मह: दालचिनी १ चम्चाको ४ भागको १ भाग आधा चम्चा महमा मिसाएर दिनहु खानाले सुख्खा खोकी निको हुन्छ ।
अदुवा र गुद: अदुवाको रस आधा चम्चा निचोरेर गुड सुख्खा सगँ मिसाएर दिनमा २ चोटी सेवन गर्नाले सुख्खा खोकी निको हुन्छ र खकार पनि निकालि दिन्छ ।
तुलसीको पात र मह: यो एउटा आयुर्वेदिक उपचार हो । जसले रुघाखोकी निको हुन्छ । महमा ५ वटा तुलसीको पात मिलाएर ५ दिन सम्म सेवन गरेपछि खोकी निको हुन्छ ।दुध र मह: राती सुत्नु अघी हल्का तातो दुधमा मह मिसाएर ५ ७ दिन सम्म सेवन गर्नाले खोकी चाडै निको हुन्छ ।