बीरगन्ज : वीरगञ्ज भन्सार कार्यालय भएर आर्थिक वर्ष २०७६–७७ को साँढे दुई महिनामा करिब १४ करोडको आलु र प्याज भित्रिएको छ ।
भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन, भदौ र असोजको १५ सम्म १४ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो ।
गत आर्थिक वर्ष २०७५–७६ को सो अवधिमा ८ करोड ४० लाख मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक वर्षमा झण्डै ६ करोड बढी मुल्यको आलु प्याज भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले जानकारी दिए ।