वीरगञ्ज। १४औँ सिजनको आईपीएलको आजको आजको खेल रोयल च्यालेन्जर्स बैंग्लोर ९आरसीबी० र राजस्थान रोयल्स खेल्दै छन् ।यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुनेछ यी दुई टिमबीचको पछिल्ला खेलमा राजस्थान हाबी देखिन्छ ।
गत सिजनमा रोयल च्यालेन्जर्स बैंग्लोर ‘प्लेअफ’मा पुगेको थिए । हालसम्म आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन ।
आरसीबीको सम्भावित प्लेइङ–११ विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, रजत पाटीदार, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।
राजस्थानको सम्भावित प्लेइङ–११ – सञ्जु सामसन (कप्तान र विकेटकीपर), जोस बटलर, मनन बोहरा, डेविड मिलर, शिवम दुबे, रियान पराग, क्रिस मोरिस, राहुल तेवाटिया, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान।