• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोरोना पापले लाग्ने होइन, संक्रमितलाई नकारात्मक दृष्टिले नहेरौं

  • वीरगंज संजाल
  • Jul 13, 2020, 11:12 pm
  • ३५०५

    पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । उपत्यकामा मात्र ३४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोरोना परीक्षण गर्न आउनेको भीड बढेको छ । उपत्यकाको संक्रमणको अवस्था र अस्पतालको व्यवस्थापन विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानी :

    अरू जिल्लाका तुलनामा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्नुको कारण के होला ?

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्नुका कारण बाहिरी जिल्लाबाट मानिसहरू आउने क्रम पनि बढेको छ । यस्तै बिरामी भएर उपचारका लागि विभिन्न जिल्लाबाट आउने, विदेशबाट आउने मानिस बढेसँगै उपत्यकामा पनि कोरोना संक्रमण बढेको हो ।

    विदेशबाट उद्धार गरी ल्याएका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएको छ । विदेशबाट आउने कतिपयले परीक्षण नगरीकनै आएका छन् । तर केहीले पीसीआर तथा आरडीटी भने गरेर आएका छन् । कुवेत, दुबई, मलेसिया, साउदी अरबबाट परीक्षण नगरी आउनेहरू अधिक छन् । यिनै मुलुकबाट आउनेमा कोरोना संक्रमण देखिएको छ । साथै उनीहरूले विभिन्न रोगको औषधिसमेत सेवन गरेको पाइएको छ ।

    अर्को कुरा उनीहरूको ट्राभल हिस्ट्री पनि छैन । ती व्यक्ति कहीं न कहीं त पक्कै गएको हुन्छ । कोही अस्पताल गएको होला, कोही तरकारी बजार गएको होला । अस्पताल, तरकारीबजार कोरोनाको स्रोत मान्न सकिन्छ । यस्ता हिस्ट्रीलाई राम्रोसँग हेरेर ट्रेसिङ प्रभावकारी गर्नुपर्ने देखिन्छ ।  अन्य जिल्लामा घट्नुका कारण भारतबाट आएर क्वारेन्टिनमा बस्नेको संख्या घटेर नै हो ।

    टेकु अस्पतालले नेपालमा देखिएको पहिलो कोरोना संक्रमितको उपचार गरेको थियो । ती व्यक्तिमा र पछिल्लो समय कोरोना संक्रमितमा देखिएका लक्षणमा के फरक छन् ?

    नेपालमा पहिलोपटक कोरोना संक्रमण चीनबाट आएका व्यक्तिमा देखिएको थियो । ती व्यक्तिमा खोकी श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो ।  तर पछिल्लो समयमा विभिन्न देशबाट आएका व्यक्तिमा वा यहींकै कोरोना संक्रमण देखिएका व्यक्तिमा खोकी बढी देखिन्छ ।  भने कतिपयलाई स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने, दिक्क लाग्ने र थकाइ बढी लाग्ने गरेको देखिन्छ ।

    उपचारका लागि अस्पताल भर्ना भएका संक्रमितका स्वास्थ्ययमा कस्ता समस्या देखिएका छन् ?

    अस्पतालमा भर्ना भएका बिरामीहरूमा कोरोनाको लक्षण देखिएको छ । ९८ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छैन ।  दुई साताअघि गरिएको एक अध्ययनले ३२.६ प्रतिशतलाई कुनै न कुनै प्रकारको लक्षण देखिएको छ ।  कतिपयलाई लक्षण नै देखिएको छैन । लक्षण देखिएकाहरूमा फरक–फरक समस्या देखिएका छन् ।

    टेकु अस्पतालबाट करिब पाँच महिनाको अवधिमा कति संक्रमितले सेवा पाएका छन् ?

    पछिल्लो पाँच महिनामा कोरोना संक्रमण देखिएका करिब ९० जनाले उपचार लिइसकेका छन् । भने कोरोना भाइरसको आशंका गरिएका र संक्रमित गरी सात सयभन्दा बढीले सेवा लिएका छन् । यो अस्पताल कोरोना विशेष अस्पतालमा भएको हुँदा यहाँका सबै संरचना पनि परिवर्तन भएका छन् ।
    पहिलो कोरोना संक्रमण देखिँदा यहाँ पाँचवटा आइसोलेसन बेडबाहेक केही थिएन । तीनवटा आईसीयू बेड थिए । अहिले अन्य रोगसँगै कोरोना संक्रमण र भएका व्यक्तिको उपचारका लागि २० वटा आईसीयू बेड छुट्याएका छौं ।

    कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिमा लक्षण पनि फरक–फरक देखिन्छ । आइसोलेसनमा सामान्य २५ र स्पेसल आइसोलेसन पाँचवटा गरी ३० वटा बेड छन् ।

    ग्यास्ट्रो वार्ड सबैलाई आइसोलेन बनाएका छौं । सबै बेडमा अक्सिजन छन् । जसमा सबैमा सीसीटीभीबाट निगरानी गर्ने व्यवस्था मिलाएका छौं । संक्रमितकोे, कपडा धुने एउटा अटो मेसिन छ । आईसीयूबाट आएको हावा हेपाफिटर जडान गरेका छौं । अस्पताललाई पहिलेको तुलनामा निकै राम्रो र व्यवस्थित बनाएका छौं ।

    अस्पतालमा कस्ता व्यक्तिले मात्र कोरोना परीक्षण गर्न पाउँछन् ? मापदण्ड के छन् ?

    कोरोना परीक्षण गर्ने मापदण्ड भनेको संक्रमितको नजिक भएका व्यक्तिको पीसीआर परीक्षण गरिन्छ ।  नजिक पनि कति भन्ने होला । यदि कोही व्यक्ति संक्रमितको एक मिटरको दूरीमा छ, मास्क लगाएको छैन आदि हेरिन्छ । उच्च कोरोना संक्रमण देखिएको जिल्लाका व्यक्तिहरूको र गर्भवती र अप्रेसन गर्नुपर्ने व्यक्तिको र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिको पीसीआर परीक्षण गरिन्छ ।

    अस्पतालमा आउने ७० देखि ८० प्रतिशत घरबेटीले कोरोना परीक्षणको रिपोर्ट मागेको समस्या लिएर आएका छन् ।  उनीहरूलाई सम्झाउने गरेका छौं । कतिपयलाई सरकारले कस्ता व्यक्तिलाई कोरोना परीक्षण गर्ने भनेको मापदण्डको फोटो खिचेर लैजान भन्ने गरेका छौं ।

    सरकारले परीक्षणको दायरा बढाएको भन्दै आएको छ । परीक्षणका लागि यहाँ आउनेको भीड घटेको छैन नि ?

    यहाँ कोरोना परीक्षण गर्न भन्दै दैनिक ७ सयदेखि १२ सयसम्म व्यक्ति आउने गरेका छन् ।  अधिकांशले कोरोना अस्पताल भनेपछि यही अस्पताललाई सुरुमा सम्झन्छन् । यो गरिबको अस्पताल पनि हो । यहाँ परीक्षणलगायत सबै सेवा सजिलै र सस्तोमा पाउन सकिन्छ । अन्य अस्पतालले कोरोना संक्रमित रहे अस्पतालमै संक्रमण हुन्छ साथै स्वास्थ्यकर्मीमा पनि जोखिम हुन्छ भनेर सजिलै उपचार दिन नमानेको देखिन्छ । जसकारण मानिसहरू अन्यत्रभन्दा सीधै यतै आएको देखिन्छ ।

    कोरोना संक्रमण देखिएकामाथि समाजको दृष्टिकोण कसरी परिवर्तन गर्न सकिन्छ ? यसलाई निको हुने रोग भनेर सर्वसाधारणलाई कसरी बुझाउने ?

    कोरोना कुनै पापले गर्दा वा गल्तीले लाग्ने रोग होइन । यसले धनी, गरिब केही भन्दैन । जसलाई पनि हुन्छ । यसबाट बच्न दूरी कायम गर्ने, हात धुने र मास्क लगाउनु नै उत्तम मानिन्छ । साथै हाम्रो बानी–व्यवहार परिवर्तन गर्नुपर्छ । कोरोना संक्रमण हुँदैमा मृत्यु भइहाल्ने पनि होइन ।  ५ देखि १० प्रतिशतलाई कुनै न समस्या देखिने हो तर २ प्रतिशतलाई मात्र जटिल समस्या देखिने हो । कोरोना देखिँदैमा नकारात्मक दृष्टिबाट हेर्दा आत्महत्याका साथै अन्य रोग बढ्ने जोखिम रहन्छ ।

    नेपालमा कोरोनाबाट मृत्यु हुने ०.२ प्रतिशत मात्र छ । जसमा दीर्घरोग भएका व्यक्ति बढी छन् । अस्पतालहरूले पनि कोरोना संक्रमणको नामका सेवा दिन वञ्चित गर्नु हुँदैन ।  २० वर्षअघि एचआईभी एड्सका बिरामीलाई नकारात्मक दृष्टिबाट हेरिन्थ्यो । डाक्टरहरूले पनि एचआईभीका बिरामीलाई छुन डराउँथे ।  कोरोना पनि ५ देखि १० वर्षसम्म हामीसँग सँगै जान्छ चिकित्सकहरूले पीपीई लगाएर सेवा दिने गर्नुपर्छ ।

    अस्पतालमा पनि दूरी कायम गरेर बिरामी राख्ने, दिनमा तीनदेखि चारपटक सफाइ गर्नुपर्छ । अहिले त कोरोनाभन्दा पनि अन्य रोगबाट मानिसको मृत्यु भइरहेको छ । नेपालमा क्षयरोगले दैनिक १८ जनाको ज्यान जान्छ ।

    लकडाउन खुकुलो हुँदा कोरोना जोखिम कतिको हुन्छ ?

    सुरक्षा अपनाएर गाडी चलाउन दिनुपर्छ । एउटा सिटमा एकजना मात्र राख्ने, दूरी कायम गर्ने, भीड नगर्ने, उभिएर यात्रा नगर्ने, यात्रुले अनिवार्य मास्क लगाउने र कोरोनाबाट बच्ने सूचना अनिवार्य टाँस्ने गरिनुपर्छ ।  गाडी चालकले अनिवार्य मास्क लगाउनुपर्छ । बस स्टपहरूमा हात धुने वा स्यानिटाइजरको व्यवस्था मिलाउनुपर्छ ।
    ट्याक्सीमा पनि दुई जनाभन्दा बढी मान्छे नराख्ने, मास्कको प्रयोग गर्ने गर्नुपर्छ । भिड नजाने र नगर्ने, धेरै मानिस बोलाएर भोजभतेर गर्न भएन ।

    अनावश्यक रूपमा अस्पताल जानुहुँदैन । कोरोनाको उच्च जोखिम क्षेत्र भनेको अस्पताल हो । त्यहाँ जसलाई पनि कोरोना देखिन सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मिर्गौला, पेसर, सुगर, क्यान्सर, दीर्घ श्वासप्रश्वास, एचआईभीलगायतका बिरामीलाई सकेसम्म घरमै बस्ने बाहिर जाने गर्नुहुँदैन ।  गर्भवती र सुत्केरीलाई कोरोना संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले अनावश्यक रूपमा बाहिर जानु हुँदैन । बाहिर जानै परे दूरी कायम राख्ने, हात धुने, मास्क लगाउने गर्नुपर्छ ।

    अन्य विभिन्न जिल्लाबाट आउनेलाई रोक्नु हुँदैन । उदाहरणका लागि कोही मानिस काठमाडौं आउँदै छ, थानकोट आइपुग्यो । तर थानकोटमै रोकियो भने ऊ फर्केर जान मान्दैन ।  लुकेर जसरी पनि काठमाडौं आइहाछ । बरु त्यस्तालाई राख्ने क्वारेन्टिनको व्यवस्था मिलाउनुपर्छ ।  होटलमा बस्न सक्ने होटलमा राख्ने र नस्कनेहरू विभिन्न क्लब, कभर्डहलहरूमा राख्न सकिन्छ । १४ दिनसम्म राख्नुपर्छ । त्यो समयमा कुनै समस्या देखिए पीसीआर परीक्षण गर्ने र समस्या नदेखिए घर जान दिन सकिन्छ ।

    स्वास्थ्यकर्मीको सुरक्षा–साम्रगीको व्यवस्थापन कसरी भइरहेको छ ?

    हामी काम गर्नेलाई स्वास्थ्य सामग्री अभाव नहोस् भनेर स्वास्थ्य मन्त्रालयले बजेट दिएको छ ।  विभिन्न संघ–संस्थाबाट स्वास्थ्य सामग्रीहरू सहयोग पनि पाइरहेका छौं । तसर्थ अहिले स्वास्थ्य सामग्रीको अभाव भने छैन ।

    तस्बिर : सुनील प्रधान

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
  • उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑