• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    समुदायमा खतराको घण्टी !कसरी भयो संक्रमण ?

  • वीरगंज संजाल
  • Jun 18, 2020, 8:30 pm
  • १५७७

    घटना १ : धनगढी उपमहानगरपालिका– ४ कि ५५ बर्षकी महिलाको २३ जेठमा सेती प्रादेशिक अस्पतालमा मृत्यु हुँदासम्म उनमा कोरोना संक्रमण भएको कसैले सोचेको पनि थिएन । र्‍यापिड टेस्ट विधिबाट परीक्षण गर्दा एन्टीबडी नेगेटिभ आएको उनको अन्त्येष्टि सकिएपछि मात्र कोरोना संक्रमण पुष्टि भयो ।घटना २ : कैलालीकै लम्की चुहाकी ४३ बर्षकी महिलाको मंगलबार मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भयो । टाउकोको समस्या लिएर उपचार गर्न कोहलपुर मेडिकल कलेजमा पुगेकी उनमा कसरी कोरोना संक्रमण भयो भन्ने अन्योल छ ।घटना ३ : गत शनिबार नै कोरोना संक्रमण पुष्टि भएका कैलाली गोदावरी नगरपालिका १ का ४६ बर्षका पुरुषको उपचारकै क्रममा बुधबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो ।स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पतालमा लगिएको थियो ।न भारत, न तेस्रो मुलुकबाट आएका उनी केही महिनायता घरबाट निस्किएका थिएनन् ।

    कसरी भयो संक्रमण ?

    मंगलगबार मृत्यु भएकी महिलालाई ३० गते बेहोस अवस्थामा लम्की चुहा अस्पतालमा लगिएको थियो । १५ जना भन्दा बढीले साँझ ७ बजे उनलाई अस्पताल पुर्‍याएका थिए ।केही घण्टा अस्पतालमा प्राथमिक उपचार गरेपछि राति १२ बजे उनलाई धनगढीको माया मेट्रो अस्पतालमा लगियो । त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै उनलाई कोहलपुर मेडिकल कलेज रेफर गरियो ।लम्की चुहा अस्पताल र उनको घर करिब सय मिटरको दुरीमा छ । अस्पतालका मेडिकल सुपरिटेन्डिेन्ट डा. प्रकाश तिमिल्सेनाले उनीसँग प्रत्येक दिन जसो भेटघाट हुने गरेको बताए ।‘उहाँसँग सधै जसो देखादेख हुन्थ्यो । एक्कासी स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल ल्याइएको थियो’ उनले भने ‘उपचार सुरु भएको ५ दिन पछि उहाँको मृत्यु भयो । ’

    मृत्यु पछि कोरोना पुष्टि भएकी महिलालाई समुदायबाट कोरोना संक्रमण भएको हुन सक्ने उनी बताउँछन् ।इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख ज्ञानेन्द्र चन्दले उनी बिगत लामो समय देखि घरमै रहेको बताए ।जेठ २३ गते कोरोनाबाट मृत्यु भएकी धनगढीकी ५५ बर्षकी महिलामा पनि समुदायबाट संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । मृत्यु हुनु भन्दा केहीदिन पहिले उपचारकै क्रममा काठमाडौँ गएको वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापाले जानकारी दिए ।‘काठमाडौँ शिक्षण अस्पतालले धनगढी फर्कायो । एक साता घरमा बसेर अस्पतालमा भर्ना हुनुभएको थियो । त्यही दिन बित्नु भयो’ वडाध्यक्ष थापाले भने, ‘एम्बुलेन्स चढेर आउँदा जादाँ वा घरमा बस्दा संक्रमण भएको हुन सक्छ ।’मृतक महिला २३ गते वीरंग हेल्थ केयरमा डायलासिस गर्न पुगेकी थिइन् । हेल्थ केयरमा व्यवस्थापक दीपक भट्टले जेठ ७ गते देखि २३ गतेभित्रै उनमा संक्रमण भएको हुन सक्ने बताउँछन् ।

    जेठ ७ गते महाराजगञ्जको शिक्षण अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।‘१७ गते उहाँ कैलाली फर्किनुभयो । हामी कहाँ २३ गते आउनुभयो । यो बीचमै संक्रमण हुन सक्छ ’ उनले भने ।बुधबार कोरोनाकै कारण मृत्यु भएका पुरुषमा पनि स्थानीय संक्रमण भएको अनुमान गरिएको छ । उहाँ स्वयं संक्रमणको जोखिम रहेको क्षेत्रमा नपुगेपनि जोखिम क्षेत्रबाट आएका नागरिकको उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।‘उहाँ केही समयदेखि भारतबाट आइरहेका व्यक्तिहरुको उद्धारमा खटिएको बुझिएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ‘उहाँलाई त्यही बेला संक्रमण भएको अनुमान गरेका छौँ । ’मृतकको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले पनि समाजबाटै उनीमा संक्रमण भएको हुन सक्ने बताए । उनले भने, ‘उहाँ बिरामी भएपछि अस्पताल भर्ना हुनु भएको हो । त्यसैले घरमा रहदाँ नै उहाँका संक्रमण सरेको हुन सक्छ ।’

    समुदायमा खतराको घण्टी !

    बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्ने आफूले पहिले गरेको अनुमान ठीक भएको दाबी गरे । पछिल्लो समय प्रदेशमा संक्रमण दरसँगै मृत्यु दर पनि बढ्न थालेपछि प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकमा यस्तो बताएका थिए ।प्रधानमन्त्री ओलीले भनेझै प्रदेशमा अझै संक्रमणको दर बढ्न सक्ने अनुमान गरिएको छ । तीन महिनाको अवधीमा प्रदेशमा २ लाख ७० हजार बढी नागरिक भित्रिएका छन् ।लकडाउनपछि मात्रै करिब १ लाख ८ हजार बढी नागरिक प्रदेशमा भित्रिएको बताइएको छ । तीमध्ये करिब ८० हजार बढी प्रदेशकै क्वारेन्टिनमा बसे । उनीहरुमध्ये अधिकांशको परीक्षण नहुँदा समुदायमा संक्रमणको जोखिम बढेको हो ।बिहीबारसम्म प्रदेशमा जम्मा ९ हजार १३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । ठूलो संख्यामा क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण बिनै घर फर्किइदा पनि संक्रमण फैलन सक्ने त्रास बढेको हो ।

    सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशन डा. गुणराज अवस्थी संक्रमणको अझै बढ्न सक्ने बताउँछन् । स्वास्थ्य परीक्षणको दायरा साँघुरो बन्दा पनि समुदायमा फैलिएका संक्रमितहरुको बास्तविक तथ्यांक आउन नसकेको उनको भनाइ छ ।‘जति परीक्षण आवश्यक हो त्यति हुन सकिरहेको छैन’ उनले भने ‘परीक्षणको दायरा सानो हुँदा संक्रमण फैलन सक्ने खतरा बढेको छ ।’नेपालमा कैलालीबाटै स्थानीयमा संक्रमण सुरु भएको थियो । दुबईबाट आएका पुरुषबाट उनकै परिवारको सदस्यमा संक्रमण पुष्टि भएपछि कोरोनाको दोस्रो चरण सुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑