पकाहा मैनपुरको जनता भन्छन ”राहत बित्रन्मा अनियमिता हुँदै”सरकार को अज्ञा वेवास्ता गर्दै जनप्रतिनिधि
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार २०:२४
५५६१
विरगंज |अर . सि . यादव | पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका वाड न . ३ मैनपुर टोलका जनताले गाउँ पालिका द्वारा वितरण गर्न लागिएको राहत लिन मानेका छैन । गाउँ पालिका का वाड अध्यक्ष मदन साह कानुले जनतालाई जति समझाउदा पनि मैनपुर टोल का बासिन्दाले राहत लिन नमाने पछि राहत वितरण टोली फर्किनु परेको छ ।
वाड अध्यक्ष मदन साह कानुले लगभग ४०० परिवार को लागि प्रति परिवार १० किलो चमाल , आधा किलो दाल , १ किलो प्याज ,२ किलो आलु , आधा किलो चना, आधा किलो सोयाबीन र आधा लिटर खाने तेल वितरण गर्न गएका थिए ।
गाउँले को भनाइ अनुसार त्यो वाड को लागि गाउँपालिकाले ४ लाख बराबर को रकम छुटयाएको र सो रकम बराबर को राहत बितरण हुनु पर्ने अड़ान राखेका थिए । साथै गाउँ पालिका का अध्यक्ष बिजय चौरसिया लाई बोलाएर के कति रकम को राहत वितरण हुदै छ सो जानकारी लिन खोजेका थिए।
बोलाउदा गाउँपालिका अध्यक्ष नआए पछि जनता आक्रोशित भएका थिए । राहत रकममा अनियमिता भएको र रकम बराबर को पनि राहत आफ्नो टोलमा नआए पछि स्थानीय आक्रोशित भएका थिए र राहत वितरण बहिष्कार गरेको स्थानिय अनिल पटेल ले बताए।