• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चीनबाट ल्याएको पीपीई : गाउन छ, चश्मा र टोपी छैन

  • वीरगंज संजाल
  • Apr 1, 2020, 11:18 pm
  • २४८९

    पोखरा । सरकारले चीनबाट ल्याएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट नाम मात्रको भएको पाइएको छ ।

    सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि चाहिने पीपीईसहितका स्वास्थ्य उपकरणहरु ल्याउने जिम्मा ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनललाई दिएको थियो । महंगो मूल्यमा किनेको भनेर आलोचना भइरहेका बेला सरकारले सम्झौताअनुसार सामान नआएको भनेर सम्झौता रद्द गरेको छ ।

    तर, आइतबार पहिलो लटमा आएका सामानमध्ये पीपीईमा पूरा सेट नै नभएको पाइएको छ ।

    चीनबाट आएका पीपीईमध्ये सरकारले हरेक प्रदेशलाई करिब एक हजार थानका दरले बाँँडेको थियो । गण्डकी प्रदेशका लागि छुट्याएका सामानहरु मंगलबार पोखरा आइपुग्यो । ३७ हजार माग गरेको प्रदेश सरकारलाई एक हजार पीपीई थोरै हो । तर, जति आएको छ, त्यसलाई जिल्ला जिल्लामा पठाएर काम चलाउने निर्णय भयो ।

    तर, जब पीपीई बक्स खोलेर हेरे, अधिकारीहरु छक्क परे ।

    पीपीई त गाउन मात्रै छ भने अरु सामान पनि अधुरो भएकाले कामै नलाग्ने भयो । ‘पीपीईमा गडबड पो भएछ,’ प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशक खिमबहादुर खड्काले अनलाइनखबरसँग भने, ‘एक हजार थान पीपीई आयो भनेर खोलेर हेर्दा त गाउनमात्रै रहेछ । यो अपुरो र अधुरो भयो ।’

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेशमा अपुरो पीपीई आएको स्वीकार गरे । अपुरो काम नलाग्ने भएकाले बाँकी तत्काल पठाइदिन संघीय सरकारलाई आग्रह गरेको भन्दै उनले भने, ‘माथि प्याकिङ गर्ने बेलामै गल्ती भएको हो कि भन्ने लाग्यो । यति नै हो भने अपुरो काम लाग्दैन होला ।’

    स्वास्थकर्मीले लगाउने पीपीई सेटमा टोपी, चश्मा, बुट वा बुट कभर नै नभएको उनले बताए । ‘पीपीई भनेको गाउनमात्रै होइन । गाउन मात्रै त प्रयोग गर्नै मिल्दैन,’ आपूर्ति निर्देशक खड्काले भने, ‘हामीले बुधबार नै जिल्ला जिल्लामा पीपीई पठाउने भनेका थियौं । अपुरो आएपछि पठाउन सकिएन ।’

    अपुरो सामान नेपाली बजारमा पनि नपाइने भएकाले कामै नलाग्ने भएको खड्काले बताए ।

    अपुरो पीपीई आएपछि प्रदेश सरकारले स्वास्थ्य सेवा विभागमा सोधपुछ गरेको छ । ‘विभागमा पीपीईका केही सामग्री छुटेको हो कि के भएको हो भनेर सोध्यौं,’ खड्काले भने, ‘उताबाट भएकै त्यति हो भन्ने जवाफ आयो ।’

    अधुरो पीपीई आएपछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले बताए ।

    संघीय सरकारले २० हजार थान मास्क, २० हजार थानपञ्जा, ४ सय थान एन–९५ मास्क, १० थान इन्फ्रारेड थर्मोमिटर र एक सेट पीसीआर मेसिन पठाएको बताएको थियो । तर, एन–९५ मास्क पनि ४ सय थानमात्र आएको छ ।

    पीसीआर मेसिनबाट पोखरामै कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण सुरु गर्न थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑