• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    कोरोनाबारे फेसबुकमा अफवाह ! कसरी जोगिने ?

  • वीरगंज संजाल
  • Mar 31, 2020, 8:02 pm
  • ४२४७

    काठमाडौं |कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वभर फैलिसकेको छ। शुक्रबार प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय सुनाए। प्रधानमन्त्रीको सम्बोधनपछि अन्तर्राष्ट्रिय उडान शनिबारदेखि बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन आइतबारदेखि बन्द हुँदैछन्।

    अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द हुँदा सामाजिक सञ्जालमा भने कोरोना भाइरस संक्रमण र यसबाट विभिन्न अस्पतालमा नेपालीको मृत्यु भएका गलत सूचना (अडियो र भिडियो) भाइरल भएका छन्।

    अफवाह-१ !
    ‘अँ हिमाल, तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है…!’यही आवाजबाट फेसबुक म्यासेन्जरमा गलत सूचना फैलाउने विवेक थापा पक्राउ परिसकेका छन्।

    उनले नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ बिरामीमा कोरोना देखिएको र नेपालमा कोरोना फैलिसकेको गलत सूचना फैलाएका छन्। उनले गलत सूचना लुकाएर यो ‘फेक’नभएको दुई पटकसम्म बताएका छन्। गलत सूचना दिँदा उनले नर्भिक अस्पताल पुल्चोकमा भएको भनेका छन्।

    नर्भिक अस्पताल पुगेका र यसको बारेमा सुनेकाले यो गलत सन्देश भन्ने सहजै थाहा पाउँछन्, किनकी नर्भिक अस्पताल थापाथलीमा छ। घर नजिकै बस्ने स्टाफको हवाला दिएर उनले सर्वसाधारणलाई झुक्याउने प्रयास गरेका छन्। अझ उनले टिचिङमा पनि केही मान्छेलाई कोरोना लागेर मरेर जलाउन लगेको जस्तो गलत सूचना फैलाएका छन्।

    यो गलत हल्ला फैलाउने रामेछाप घर भइ हाल भक्तपुर सिपाडोल बस्ने थापालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीका अनुसार उनीमाथि अनुसन्धान सुरु भइसकेको छ।

    कोरोना भाइरस विश्वव्यापी समस्याको रुपमा फैलिएको छ। यस्तो भाइरस संक्रमण भएको कुरा अस्पतालले लुकाउनै सक्दैन। सूचना र प्रविधिको युगमा अस्पतालको लुकाउने प्रयास कसरी गर्ला ? यो असम्भव लाग्छ। अझ कोरोना संक्रमण लुकाएर लुक्ने खालको पनि छैन। किनकी पूरा तीन महिनाको अवधिमा यो विश्वका १९९ देशमा पुगिसकेको छ।

    सरकारले यो विश्वव्यापी संकटसँग जुद्न आम नागरिकलाई आह्वान गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता हल्लाका पछाडि लाग्ने र साथीलाई यस्तो म्यासेज सेयर नगर्नुहोस्। सकेसम्म घरमै बसेर आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोस्। 

    अफवाह-२ !
    ‘आज विशेष सैन्य हेलिकप्टरहरुले देशभरी आकाशमा कोरोना भाइरसविरुद्ध किटनाशक औषधि छर्कन्छन्..’ २९ सेकेन्डको अर्को एक अडियो यसरी सुरु हुन्छ। समाचारकै शैलीमा वाचन गरिएको यो अडियोमा रातको समयमा सैन्य हेलिकप्टरले किटनाशक औषधि छर्कने हवला दिइएको छ।  रातको समयमा हेलिकप्टरको आवाज सुन्दा औषधि छर्किन लागेको थाहा पाउन आग्रह गरिएको छ। अडियोमा रातको समयमा घर बाहिर नबस्नसमेत भनिएको छ। यो सम्पूर्ण जानकारी गलत हो।

    यही गलत सन्देश पुरुष आवाजमा मधेसी मुलको लवजमासमेत रेकर्ड भएको छ। ‘हेलो..जतिजना पनि यो म्यासेज सुन्नु हुन्छ भने कृपया विचार गरेर आफ्नो झ्याल ढोका जतिहरु छ नि त्यो सप्पै कृपया लगाइहाल्नुहोला..’ भनेर यो अडियो सुरु भएको छ। राति १२ बजे तिर हेलिकप्टरबाट एन्टिडोर भन्ने औषधि छर्किने कुरा यसमा बताइएको छ। त्यो औषधि छर्किदासबै झ्याल र ढोका बन्द गरेर सुत्न आग्रह गरिएको छ।  सन्देशमा अरुलाई पनि म्यासेज सेयर गर्न भनिएको छ।

    हिन्दीको गलत सन्देश नेपालीमा
    गलत सन्देशसमेत हिन्दी भाषाबाट नेपालीमा उल्था गरेर भाइरल बनाएको खुलेको छ। यो हेलिकप्टरबाट औषधि छर्कने गलत सन्देश भारतमा ह्वाट्स एपमा फैलिएको र त्यसलाई नेपालमा भने फेसबुकमा भाइल बनाएको देखिन्छ।

    अफवाह-३ ! 
    ‘म र मेरो आमा टेकु अस्पताल आएको छौँ। मेरो खुट्टामा कुकुरले टोकेको भएर त्यो घाउँ बल्झिन लागेको भएर म यहाँ डा. अजय पराजुलीलाई भेट्न आएको हुँ…’ टिकटकमा बनाइएको अर्को एक गलत भिडियो सन्देश यसरी सुरु हुन्छ।

    उनले आफू कुकुरले टोकेको घाउको उपचारका लागि अस्पताल गएको र त्यहाँ पाँच मानव शरीर प्लास्टिकमा बेरेको देखेको, नर्सलाई सोध्दा थर्काएको र सुरक्षागार्डलाई सोधेर १७ शरीर कोरोना लागेर पशुपतिमा लगेर जलाएको जानकारी गराएको गलत सूचना बाँडेका छन्। यो भिडियो नयनराज पाण्डेको नाममा अपलोड भएको देखिन्छ।
    उनले यो सन्देश फेसबुकमा पढेको र सबैलाई फैलाउन आग्रह गरेका छन्। योसमेत गलत भिडियो सन्देश हो। प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार यो भिडियो मार्फत् गलत सूचना दिने व्यक्तिले जुन डाक्टरको नाम लिएका छन् ति डाक्टरसमेत टेकु अस्पतालमा कार्यरत छैनन्। यो भिडियो अमेरिकाबाट अपलोड भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। थप विषय अनुसन्धान भइरहेको क्षेत्रीको भनाइ छ।

    नर्भिकको विज्ञप्ति 
    एउटा गलत सन्देश सामाजिक सञ्जालमा भाइरल हुँदा नर्भिक इन्टरनेशनल अस्पताल विज्ञप्ति निकाल्न बाध्य भएको छ। अडियो भाइरल भएपछि ‘नर्भिकमा हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला परेका छैनन्’ भनेर नर्भिकले विज्ञप्ति सार्वजनिक गरेको हो।

    शनिबार नर्भिकका नायव महाप्रबन्धक आर.पी मैनालीले विज्ञप्ति सार्वजनिक गर्दै नर्भिकमा कोरोनाका बिरामी भेटिएको भन्ने भ्रामक समाचारले आश्चर्य चकित भएको बताएका हुन्। ‘आज मिति २०७६/१२/८ गते शनिबार बिहानैदेखि नै फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड-१९  का बिरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोकल्पित एवम् झुट्टा समाचार  प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेशनल हस्पताल परिवार आश्चर्य चकित भएको छ।’

    गलत सूचनाबाट कसरी बच्ने ? 
    भिडभाडबाट टाढै बसेर, साबुन पानीले बारम्बार हात धोएर, समयसमयमा स्यानिटाइजर प्रयोग गरेर, संक्रमित बिरामीलाई भेट्दा वा हेरचाह गर्दा मास्क र पञ्जा लगाएर कोरोना संक्रमणबाट बच्न सकिन्छ। तर, सामाजिक सञ्जामा फैलिएका यस्ता अफवाहबाट बच्ने ठ्याक्कै उपाय छैन। तर, गलत सन्देशबाट बच्न तपाईं सचेत भए मात्र पुग्छ।

    यस्ता गलत सन्देश कसैले तपाईंको म्यासेन्जरमा पठाए त्यसलाई अन्य साथीसमक्ष फरवार्ड नगर्नुहोस्। यस्ता सन्देशमाथि लाइक र कमेन्ट पनि नगर्नुहोस्। अझ यस्ता सन्देश सेयर त गर्दै नगर्नुहोस्। यस्ता कुरालाई तपाईंले लाइक, कमेन्टसँगै सेयर गर्नु भयो भने गलत कुरा अझ फैलिन्छ। कसैले केही भन्दैमा त्यो सत्य हुँदैन। केही कुरा सुनिसकेपछि तपाईं विश्वासिलो स्रोत खोज्नुहोस्।

    नेपालको मुलुकी अपराधसंहिता, २०७४ मा झुटा अफवाह फैलाए एक वर्षसम्म कैदको सजाय हुने उल्लेख छ। 

    अफवाह फैलाउनेलाई के कारबाही हुन्छ ? 
    समाजलाई त्रसित पार्ने मनसायबाट यस्ता अडियो र भिडियो बनेका देखिन्छन्।  फेसबुकमा धेरै लाइक, कमेन्ट र सेयरको लोभलेसमेत कतिपयले यस्तो गरेको देखिन्छ। यस्तो हल्लाले समाज आतंकित हुन्छ तर ठूलो फाइदा कसैलाई छैन। अरुलाई आतंकित बनाएर रमाउन चाहनेहरुले यस्तो गरेका हुन सक्छन्। यस्ता सन्देशका पछाडि दौडिनेकाम नगर्नुहोस्।

    प्रहरीले चाहेमा यस्तो अडियो र भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नेलाई कारबाही गर्न सक्छ। नेपालको मुलुकी अपराधसंहिता, २०७४ मा झुटा अफवाह फैलाए एक वर्षसम्म कैदको सजाय हुने उल्लेख छ।

    अपराध संहिताको दफा ७० को उपदफा (१) र (२) मा अफवाह फैलाउनेलाई कारबाही हुने व्यवस्था छ। संहिताको दफा ७० को उपदफा (१) मा कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायिबीचको समुधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए र नगरेको अफवाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन भनेर उल्लेख गरिएको छ। त्यसैगरी दफा ७० को (२) मा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
  • ओझेलमा परेको भाले बास्ने ताल
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑