नयाँ खाेज: यस्ता लक्षण पनि देखिए फ्रान्सका कोरोना संक्रमितमा
वीरगंज संजाल
११ चैत्र २०७६, मंगलवार ०५:३०
३३६९
एजेन्सी | पछिल्लो समय विश्वमा डरको माहोल बनाइरहेको कोरोना भाइरसबारे नयाँ तथ्यहरु आउन थालेका छन् । यसअघि यो भाइरस लागेका बिरामीलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने लक्षण देखिने बताइएको थियो । तर, फ्रान्समा स्वास्थ्य अधिकारीहरुले यसबारे नयाँ तथ्य पनि सार्वजनिक गरेका छन् ।
उनीहरका अनुसार कोभिड १९ भएका बिरामीले सुँघ्ने शक्ति पनि गुमाउँछन् । एनोस्मिया भनिने यो अवस्था विशेषगरि युवा अवस्थाका कोरोना संक्रमितमा देखिने बताइएको छ ।
फ्रेन्च स्वास्थ्य सेवाका प्रमुख जेरोम सालोमोनले भनेका छन्, ‘युवाहरुमा यदि खोकी लागेको छैन तर अचानक सुँघ्ने शक्ति गुमेको छ भने पनि उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको मान्न सकिन्छ ।उनका अनुसार स्वाद लिन सक्ने शक्तिको कमजोर हुँदै जानु पनि अर्को लक्षण कोभिड १९ बारे देखिएको छ