विश्वभर कोरोनाले तहल्का मच्चाउँदा पनि खुसी छ यो देश
वीरगंज संजाल
११ चैत्र २०७६, मंगलवार ०६:००
२५५७
एजेन्सी | अहिले कोरोना सन्त्रासका कारण विश्वभर दुःख छाएको छ । विश्वका धेरै देशका मानिसको अनुहारबाट खुसी छिनिएको छ । तर, यसका कारण विश्वमा ह्यापिनेस र्याङ्किङमा कुनै समस्या देखिएको छैन ।प्रत्येक वर्ष यही समयमा संयुक्त राष्ट्र संघले ह्यापिनेस रिपोर्ट बनाउने गर्छ । यसअनुसार यो वर्ष पनि लगातार तेस्रो पटक सबैभन्दा खुसी जनता भएको देश बनेको छ, फिनल्यान्ड ।
अनि यसमा सबैभन्दा तल आएको छ, अफगानिस्तान ।
राष्ट्र संघले १५० देशको रिपोर्ट समेटेर ह्यापिनेस रिपोर्ट सार्वजनिक गरेको हो । अनि यसमा विश्वका सबैभन्दा खुसी देशमा परेका टप १० देशको सूचीमा युरोपेली देश परेका छन् । अहिले कोरोना भाइरसको प्रकोप युरोपमा नै सबैभन्दा बढी देखिएको छ ।सन् २०२० को यो सूचीमा डेनमार्क दोस्रो नम्बरमा परेको छ । तेस्रोमा स्विट्जरल्यान्ड र चौथौंमा आइसल्यान्ड छन् । हेलसिंकी, डेनमार्क, न्युजिल्यान्ड पनि यो सूचीमा अग्रपंक्तिमा छन् । नर्वे, नेदरल्यान्ड्स, स्विडेन पनि यही सूचीको अग्रस्थानमा छन् ।
फिनल्यान्डमा पछिल्लो समय विश्वमा तहल्का मच्चाइरहेको कोरोना भाइरसका संक्रमित पनि नभएका होइनन् । त्यहाँ ४५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तर, कसैको पनि मृत्यु भउको छैन । स्विट्जरल्यान्डमा ६ हजारभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । त्यहाँ ५८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।