• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    अर्बौंको निर्माणमा महानगरको चरम लापर्बाही, दोस्रो बाइपास सडकः बनेसँगै भत्कनेक्रम शुरू

  • वीरगंज संजाल
  • Mar 20, 2020, 7:11 am
  • ३८३९

      वीरगंज | वीरगंज महानगरपालिकाले एडिबीको सहयोगमा निर्मित र निर्माणाधीन सडक, नालाको संरक्षण सम्बन्धनमा लापर्बाही देखाएको कारण अर्बौंको योजना बन्नेक्रमसँगै भत्कनेक्रम पनि शुरू भएको छ । मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत पहिलो चरणमा वीरगंजको दोस्रो बाइपासलगायतको सडक, नाला निर्माण भएकोमा अहिले सो सडकखण्ड क्रमशः भत्कनेक्रम जारी छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्शनले दोस्रो बाइपास सडक सम्पन्न गरेर हस्तान्तरण गरेको तीन वर्ष भयो। तर यो अवधिमा सो सडकखण्ड र नाला मरम्मतको लागि महानगरपालिकाले एकपटक पनि काम गरेको छैन । जसले गर्दा कालोपत्र सडक ठाउँठाउँमा भत्किन शुरू भएको छ भने नालाको स्ल्याब पनि टुटफुट भइरहेको छ ।

    निर्माण कार्य सम्पन्न भएपछि महानगरपालिकाले सो सडकखण्डमा  तोकिएको मापदण्ड अनुसार सवारीसाधन सञ्चालन गर्नुपर्नेमा त्यस्तो नगरेको कारण चिल्लो सडक देखेर हेभी सवारीसाधनहरूसमेत गुडेको र सडकखण्डमा जथाभावी सवारीसाधन मरम्मत सम्भार गर्ने वर्कशपहरू सञ्चालन भएको कारण सडकखण्ड र नाला बिग्रेको बताइन्छ । नालाको स्ल्याबमा घर निर्माण गर्नेक्रममा तथा वर्कशपमा आउने सवारीसाधन जथाभावी पार्किङ गर्ने कारणले ठाउँठाउँमा स्ल्याब भत्किएको छ ।कालिका कन्स्ट्रक्शनका प्रबन्धक ठाकुर ढकालले सो सडकखण्ड तीन वर्षअघि महानगरलाई हस्तान्तरण गरेको र एक वर्षको मरम्मत सम्भारको अवधि बितेको पनि दुई वर्ष भइसकेको बताए । महानगरपालिकाले सो सडकखण्ड र नाला संरक्षणमा ध्यान नदिएको कारण अहिलेको अवस्था सिर्जना भएको उनको आरोप छ । एडिबीका परियोजना प्रबन्धक इन्जिनीयर शैलेन्द्र श्रेष्ठले जीप, कार, भ्यानलगायतका साना सवारीसाधनको प्रयोगको लागि निर्माण गरिएको सडकमा हेभी गाडीहरूसमेत गुडाइएको र निर्माण भएको तीन वर्षसम्म नाला सफाइ नगरिएको र नालाबाट पानी निस्किएर सडक भत्किएको बताए । उनले पनि महानगरपालिकाले संरक्षणमा ध्यान नदिएको कारण यो अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

    दोस्रो बाइपास सडक साढे सात किलोमिटरको दूरीमा छ । अहिले अधिकांश ठाउँमा सडकको कालोपत्र भत्किने र नालाका स्ल्याबहरू फुटेको अवस्थामा यत्रतत्र देख्न सकिन्छ ।वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीसँग यसबारे बुझ्दा उनले यसबारे आपूmले अनुगमन गर्ने भनी प्रतिक्रिया दिए । उनले मरम्मत सम्भार र संरक्षणका बारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।यसैबीच, दोस्रो चरणमा एडिबीकै सहयोगमा वीरगंजमा बनिरहेको अढाई अर्बको लगानीको बाइपास सडकको अवस्था पनि दोस्रो बाइपाससरह हुने देखिएको छ । साढे सात किलोमिटर लम्बाइको बाइपास सडकलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण शुरू गरेको ठेकेदार कम्पनीले महानगरपालिकाको गैरजिम्मेवारीपनको कारण दोस्रो बाइपासको हविगत हुने चेतावनी दिएको छ । ठेकेदार कम्पनीका प्रबन्धक ढकालले बाइपास सडकमा पनि जथाभावी नालामा बस पार्किङ गर्ने, सो क्षेत्रमा वर्कशपहरू, बस बनाउने कारखाना रहेका र मानिस आवतजावत गर्नको लागि निर्माण गरिएको फुटपाथ नालाबाट सवारीसाधन आवतजावत गराइएको कारण दीर्घकालसम्म टिकाउ नहुने बताएको छ । बनाउनेक्रमसँगै भत्कनेक्रम पनि जारी रहेकाले सो सडकखण्डको अवस्था पनि दोस्रो बाइपासजस्तो हुने प्रबन्धक ढकालले बताए । prateekdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑