कलैया : जिल्ला मालपोत कार्यालय बाराबाट घुससहित एकजना बिचौलिया पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलिले कार्यालयमा रहेर सहयोगिको भुमिकामा बिचौलियाको काम गर्ने हरिमोहन सिंह क्षेत्रीलाई सोमबार पक्रेको हो ।
अख्तियारमा मुद्धा चलिरहेको बिवादास्पद जग्गा मिलाईदिने भन्दै सेवाग्राहीसँग एक लाख रकम मागेका उनी सोमबार कार्यालय परिसरमा सोही रकम लिँदैगर्दा रंगेहात पक्राउ परेको स्रोतले बताएको छ ।
यस अघी साझा संस्थानमा कार्यरत क्षेत्री त्यहाँबाट अवकास पाएलगत्तै मालपोत कलैयामा बिचौलियाको रुपमा काम गर्दै आएका थिए । ‘२०७० सालमा करारमा नियुक्ती पाएका उनले कार्यालयबाट कुनै सेवासुबिधा पाएका थिएनन् ।’ स्रोतले बारा खबरसँग भन्यो, ‘उनले कार्यालयमै सहयोगी रुपमा रहेर बिचौलियाको काम गर्दै आईरहेका थिए ।’
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडा लगिएको छ ।