वीरगंज । भोलिदेखि लागू हुने गरी भारतले आफ्ना नागरिकलाई समेत विदेशबाट भारत भित्रिन रोक लगाएको छ ।
भारतले लगाएको यो कठोर प्रतिबन्धपछि नेपालसँगका साना सीमा नाका पनि बन्द गर्ने संकेत देखाएको छ । ब्धबा भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा नेपालसँग जोडिएका सीमा नाकाहरुमा पनि कडाइ गर्ने संकेट गरेको जनाइएको छ ।
भारतले नेपालसँगै अन्य देशका सीमा नाकामासमेत कडाइ गर्न सक्ने उल्लेख छ । केही प्रमुख नाका बाहेक अन्य साना नाकाहरु भने बन्द हुनसक्नेछन् ।
मन्त्रालयले जारी गरेको उक्त सूचनामा भनिएको छ, ‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु सीमित गरिनेछ ।’ भारतले पर्याप्त स्वास्थ्य परीक्षण सुविधा मुख्य केही नाकामा बाहेक नभएकाले साना नाकाहरु भने बन्द हुने संकेत छ ।
भारतले यस विषयमा बिहीबार नै केही निर्णय लिन सक्ने जनाइएको छ ।
‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु सीमित गरिनेछ।