पर्सा | विभिन्न सेवा मुलक कार्य गर्दै आएका भोलेन्टियर समूह बिरगंजद्वारा आज लालपर्साका समृद्धि सृजना किशोरी संबाद समूह र सागर सुनौलो किशोरी संबाद समूह २०० थान सेनेटरी प्याड बितरण गरेका छन ।८ मार्चका दिन मनाउने गरिएको नारी दिवसको अवसर पारेर भोलेन्टियर समुहले सो प्याड बितरण गरेको हो ।प्याड बितरण भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि किशोरी समुहका किशोरी प्रीति कुमारी यादव रहनु भएको थियो भने स्वास्थ्य कर्मी अनिसकान्त कुश्वाहा, दिपक यादवले महिलाहरुको सरसफाइ प्रती दिन आवस्यक रहेको र सेनेटरी प्याडको सहि प्रयोगको बारेमा समेत सहभागी किसोरिहरुलाइ जानकारी दिनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथी भोलेन्टियर समुहका महासचिव श्याम सरार्फले आफुले रचेको किसोरीहरुलाइ लक्षित गरेर एक भोज्पुरी गित समेत प्रस्तुत गरेका थिए ।देशलाई बिकास गर्नका लागि सबै भन्दा पहिला महिला एवं किसोरिहरुको स्वतन्त्रता शिक्षा, स्वास्थ्यको पहुचलाइ बिकास गर्नु पर्छ र हर घरमा सिक्षित नारिहरु भए मात्र देशको बिकाश हन सक्ने भन्ने कुरामा जोड दिदै भोलेन्टियर समुहको तर्फबाट राजन श्रीवास्तवले नारी दिवसको शुभकामना ब्यक्त गरेका थिए ।
किशोरी समुहका तर्फबाट कार्यक्रमम सहभागी भएका सबै अतिथिहरुलाइ फुलमाला अबिर लगाएर स्वागत गरिएको थियो भने किसोरीहरुबाट कबिता, गितहरु समेत प्रस्तुत गरिएको थियो ।सेनेटरी प्याड सानोपाइला संस्थाबाट भोलेन्टिय समुहलाइ सहयोग प्राप्त भएकोमा नारी दिवसको अवसर पारेर किशोरी समुहका बिच बितरण गरिएको कुरा राधेश्याम गुप्ताले जानकारी गराएका थिए । कार्यक्रमा बिनय गुप्ता, किसन सरार्फ, कमलेश कुश्वाहा, दयाशन्कर सरार्फ, सन्चारकर्मी राम मन्डल लगायतको सहभागीता रहेको थियो भने किशोरी समुहका एनिमेटर सबिता गुप्ता,सुष्मिता गुप्ताले कार्यक्रम संचालन एवं स्वागत मन्तव्य दिनु भएको कुरा राधेश्याम गुप्ता जानकारी गराए ।