• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    ३८ लाख वर्ष अगाडिका पहिलो मानव पुर्खाको स्वरुप सार्वजनिक

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार ०१:१५
  • ५४२५

    एजेन्सी । इथियोपियामा ३८ लाख वर्ष अगाडिका मानवीय पुर्खाको पूरा खोपडी फेला परेको छ जसले मानव विकासको इतिहासबारे थाहा पाउने नयाँ अवसर दिलाएको बताइएको छ । वैज्ञानिकहरुले पहिलोपटक फेला पारिएको ‘अष्ट्रेलोपिथेकस एनामनेन्सीस’ मनाव प्रजातिको खोज उल्लेखनीय भएको बताइरहेका छन् ।

    अनुसन्धानकर्ताहरुले यस खोज परियोजनामा पछिल्लो १५ वर्षदखि काम गरिरहेका थिए । यसबीच सन् २०१६ मा माथिल्लो बङ्गारा फेला परेको थियो र सो ठाउँमै १६ घण्टासम्म खोजी गरेपछि खोपडीका सबै अंश फेला पार्न सफल भएका हुन् । यस्तोमा बुधबार मात्र जर्नल नेचरमा यसबारे विस्तृत विश्लेषण प्रकाशित गरिएको हो ।

    अध्ययनका लेखक एवम् क्लेभल्यान्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका संरक्षक योहानेस हेले–सेलासी भन्छन्, “मैले मेरो आँखामा विश्वासै गर्न सकिनँ जब मैले क्रेनियमका बाँकी अंश भेट्टाएँ । त्यो अत्यन्तै यादगार र सपना पूरा भएजस्तो क्षण थियो । यो मान्छेको प्रजातिसम्बन्धी फेला पारिएको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण अवेशश हो । ”

    सो खोपडी ३९ देखि ४२ लाख वर्ष अगाडि बस्ने ‘अस्ट्रेलोपिथेकस एनामेन्सीस प्रजातिका मानिसको हो जसले नै हामीलाई अहिलेको मानव जिन ‘होमो’ प्रदान गरेको विश्वास गरिन्छ । सबैभन्दा सुरुवाती मानव पूर्खा मानिएको सो प्रजाति यसअघि फेला पारिएको अष्ट्रेलोपिथेकस एफेरेन्सीसको कंकालको पनि पुर्खा भएको बताइएको छ जसको नाम ‘लुसी’ राखिएको थियो । यस्तोमा त्यो समयमा पनि दुई फरक प्रजातिहरु एकसाथ जिवित रहेको नयाँ तथ्य पत्ता लागेको छ ।

    नत्र यो भन्दा अगाडि एउटा प्रजाति लोपपछि मात्र त्यसको प्रतिस्थापन गर्न अर्को प्रजाति उत्पन्न हुने विश्वास गरिएको थियो । यस्तोमा भिन्दाभिन्दै समुहका मानव जातिहरु खाना, पानी लगायतका उपभोग्य वस्तुका लागि धेरैपटक एकअर्काको सामना गर्नुपरेको हुन सक्ने बताइएको छ । यसरी भिन्दाभिन्दै ऐतिहासिक प्रजातिहरुको शेषले होमो जातिको वृद्धिविकास कहाँबाट भएको हो भन्ने निर्धारित गर्न कठिन बनाइदिएको पनि वैज्ञानिकहरुको भनाइ छ ।

    अहिले फेला परेको सबैभन्दा पुरानो पुर्खाको नाम अहिले ‘एमआरडी’ राखिएको छ र यो एक वयश्क पुरुषको खोपडी भएको बताइएको छ । जसलाई मृत्युपछि नदि नजिकै गाडिएको हुन सक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । नदिकै किनारमा गुजारा गरिरहेको हुन सक्ने पनि बताइएको छ जुन कुनै समय रुखहरुले घेरिएको थियो ।

    यसरी उक्त शेषबाट त्यो समयको वातावरणबारे पनि धेरै जानकारी प्राप्त गर्न सकिने हुँदा अध्ययनका अर्का लेखक नाओमी लेभनले आफूहरु थप अनुसन्धानका लागि अत्यन्तै उत्साहित रहेको बताएका हुन् । त्यसैबेलादेखि नै जलवायु परिवर्तनले मानव विकासमा प्रभाव पारिरहेको हुन सक्नेबारे उल्लेख्य जानकारी हासिल गर्न सकिने बताइएको छ ।

    सो अवेशषबाट एमआरडीको अत्यन्तै सानो दिमाग रहेको देखिएको छ जुन अहिलेका आधुनिक मानवको भन्दा एक चौथाइ सानो आकारको छ । त्यसबेलादेखि नै अन्य जीवको तुलनामा मानव प्रजातिको शारीरिक बनोटमा धेरै परिवर्तन आउन सुरु भइसकेको निष्कर्ष पनि निकालिएको छ । यसरी एमआरडीलाई अहिलेसम्म जानकारी प्राप्त शेषहरुमा सबैभन्दा पुरानो मानव प्रजातिका रुपमा व्याख्या गरिएको छ । द गार्जियनबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कतै तपाईँका बालबालिकाले अनलाइनमा अश्लील र खतरनाक सामग्री हेर्दैछन् कि ? यसरी जोगाउनुहोस्
  • नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज, यस्तो छ कारण
  • AT_Alert को नाममा मोबाइलमा यस्तो मेसेज आयो ? क्लिक नगर्नुहोस्, इसेवा अकाउन्ट नै रित्तिएला
  • वायु प्रदूषणबारे जानकारी दिने सरकारी वेबसाइट नै ‘अस्वस्थ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑