
अनुसन्धानकर्ताहरुले यस खोज परियोजनामा पछिल्लो १५ वर्षदखि काम गरिरहेका थिए । यसबीच सन् २०१६ मा माथिल्लो बङ्गारा फेला परेको थियो र सो ठाउँमै १६ घण्टासम्म खोजी गरेपछि खोपडीका सबै अंश फेला पार्न सफल भएका हुन् । यस्तोमा बुधबार मात्र जर्नल नेचरमा यसबारे विस्तृत विश्लेषण प्रकाशित गरिएको हो ।
सो खोपडी ३९ देखि ४२ लाख वर्ष अगाडि बस्ने ‘अस्ट्रेलोपिथेकस एनामेन्सीस प्रजातिका मानिसको हो जसले नै हामीलाई अहिलेको मानव जिन ‘होमो’ प्रदान गरेको विश्वास गरिन्छ । सबैभन्दा सुरुवाती मानव पूर्खा मानिएको सो प्रजाति यसअघि फेला पारिएको अष्ट्रेलोपिथेकस एफेरेन्सीसको कंकालको पनि पुर्खा भएको बताइएको छ जसको नाम ‘लुसी’ राखिएको थियो । यस्तोमा त्यो समयमा पनि दुई फरक प्रजातिहरु एकसाथ जिवित रहेको नयाँ तथ्य पत्ता लागेको छ ।
यसरी उक्त शेषबाट त्यो समयको वातावरणबारे पनि धेरै जानकारी प्राप्त गर्न सकिने हुँदा अध्ययनका अर्का लेखक नाओमी लेभनले आफूहरु थप अनुसन्धानका लागि अत्यन्तै उत्साहित रहेको बताएका हुन् । त्यसैबेलादेखि नै जलवायु परिवर्तनले मानव विकासमा प्रभाव पारिरहेको हुन सक्नेबारे उल्लेख्य जानकारी हासिल गर्न सकिने बताइएको छ ।

