

काठमाडौं । कांग्रेसले खुलामञ्चलमा आयोजना गरेको महाधिवेशनपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेखेको टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बमले जवाफ फर्काएकी छिन् ।
आइतबार कांग्रेस महाधिवेशनको उद्घाटन सत्रपछि प्रधानमन्त्री बालेन्द्र शाहले खुलामञ्च राम्रो बनाएकाले नयाँ पार्टीले गाली गर्न पाएको टिप्पणी गरेका थिए । ”धन्न खुला मञ्च राम्रो बनाइएछ,नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्,” फेसबुकमा उनले लेखेका थिए ।



प्रधानमन्त्री बालेनको टिप्पणीमा बमले जेनजीहरू सहिद भएका कारण सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाएको उल्लेख गरेकी हुन् । ”धन्न ज्यानजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्,” उनले फेसबुकमा लेखेकी छिन् ।


