• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नारायणी अस्पताल जाने भो भारतीय नागरिक अग्रवालको कब्जामा, नयाँ मेसु उपाध्याय पनि प्रलोभनमा फसे

  • वीरगंज संजाल
  • ३० श्रावण २०७६, बिहीबार १८:५७
  • ६७१६

     

    वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको भ्रष्टाचारका कारण त्यहाँका मेडिकल सुपरिटेण्डेन्ट फेरिए पनि अस्पतालमा माफियागिरी उस्तै रहने भएको छ । नयाँ मेडिकल सुपरिटेण्डन्टको रुपमा आएका डा. मदन उपाध्यायसमेत भ्रष्टाचारको चास्नीमा डुब्ने चलेखेलमा लागेका छन् ।

    भारतीय नागरिक दीपक अग्रवालले मेडिकल सुपरिटेण्डन्टसँग सेटिङ मिलाएर जनताको उपचारजस्तो सम्वेदनशिल काममा पनि लुट मच्चाउने प्रपञ्च मिलाएका छन् ।
    विगतमा अस्पतालमा न्यून गुणस्तरको औषधि सप्लाई गरेर करोडौं कुम्ल्याएका भारतीय नागरिक दीपक अग्रवालले मेडिकल सुपरिटेण्डेन्ट उपाध्यायसँग सेटिङ मिलाएर लुट मच्चाउने ग्य्राण्ड डिजाइन बनाएका छन् ।

    अस्पतालमा केही गुणस्तरहीन औषधि र अधिकांश बील भर्पाइमात्र पेश गरी ब्रम्हलुट मच्चाउन विगतमा कर्मचारी अशोक श्रीवास्तवको घरमा तरकारी ओसार्ने काम गर्नसमेत पछि नपरेका अग्रवाल अहिले मेडिकल सुपरिटेण्डेन्टलाई समेत प्रलोभनमा पार्न सफल भएका छन् ।भारतको रक्सौल आश्रमरोडका बासिन्दा दीपक अग्रवालले नारायणी अस्पतालमा कमसल औषधि सप्लाई गरेर विगतमा नेपाली जनताको स्वास्थ्यसँग खेलवाडमात्र गरेका थिएनन्, उनले एक दर्जनभन्दा बढी सोझासाझा नेपालीको नाममा फर्म खोलेर औषधीको सप्लाई धन्धा चलाएर करोडौं आर्जन गरेका छन् ।

    दीपकले स्थानीयको नाममा नारायणी सर्जिकल, सिटी फर्मा, प्रिमियर इण्टरप्राइजेज, सर्जिकल हाउस, सिटी सर्जिकेन, सिटी डाइलेस्टिकललगायतका फर्म दर्ता गरेका छन् । उनको कमाउधन्धाको रहस्य खुल्न थालेपछि ती सोझा नेपालीहरु अहिले आफू फसिने हो कि भन्दै चिन्ता गर्न थालेका छन् ।

    अस्पतालको तत्कालिन नेतृत्वलाई प्रभावमा पारेर दीपकले चलाएको कमाउधन्धा थाहा पाएपछि अस्पतालले उनको औषधि सप्लाई बन्द गरेको थियो । उनको धन्न्धालाई सहयोग गरेर उनीबाट प्राप्त दक्षिणाबाट गुजरा चलाउने गरेका कर्मचारी श्रीवास्तवलाई स्टोर शाखाबाट हटाएर रेकर्ड शाखामा फालिएको छ ।

    डाक्टर उपाध्याय आउने थाहा पाएपछि दीपक अग्रवाल आफ्ना एकजना काठमाडौंमा रहेका साथीमार्फत मेडिकल सुपरिटेण्डेन्टलाई मनाउन राजधानीमै पुगेका थिए । उनीसँग श्रीवास्तव पनि पुगेका थिए । काठमाडौंको गौशालास्थित एउटा होटलमा भएको गोप्य वार्तालापपछि डा. उपाध्यायले दीपकको गोरखधन्धालाई सघाउने बचन दिएको दीपकले आफ्ना निकटका व्यक्तिहरुलाई बताउने गरेका छन् ।काठमाडौंमा भएको सेटिङमा अस्पतालको स्टोरमा पुनः अशोक श्रीवास्तवलाई नै ल्याउने र औषधि सप्लाईको नाममा दीपकको कमाउ धन्धालाई पुनः दुरुस्त बनााउने अपवित्र समझदारी बनेको बताइएको छ । यसअघि अशोक १० वर्षसम्म सो शाखामा इन्चार्ज बसेर दीपकको ठगी धन्धालाई सघाएका थिए । गुणस्तरहीन औषधि र बील मिलाएर विगतमा दीपकले अस्पतालबाट वार्षिक ४ करोड रुपैयाँको भुक्तानी फुत्काउने गरेका थिए ।

    काडमाडौंमा सेटिङ मिलाएर फर्किएका दीपक डा. उपाध्याय वीरगञ्ज आउँदा सिमरा विमानस्थलमै चाकरी बजाउन हाजिर भएका थिए । दीपकले डा. उपाध्यायलाई सिमराको इच्छा होटलमा इच्छा भोज र त्यो दिन हेटौंडामा रमाइलो गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑