माइस्थानमा भएकाे आगलागीमा रु ४० लाख बराबरकाे क्षति
वीरगंज संजाल
६ फाल्गुन २०७६, मंगलवार १२:०२
६५२९
वीरगंज । वीरगंजकाे माईस्थान बजारकाे एक किराना पसलकाे गाेदाममा भएकाे आगलागीमा रु ४० लाख बराबारकाे क्षति भएकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित माइस्थाकाे विट्टु किराना पसलको गोदाममा सोमबार दिउँसो अचानक आगलागि हुदाँ करिब ४० लाख मुल्य बराबरकाे धनमाल जलेर नष्ट भएको पिडितले वताएका छन् ।
स्थानिय मधुसुधन अग्रवालको घरको दोश्रो तलामा बाराकाे सुवर्ण गाउँपालिका वडा नं. २ घर भएका मनोज कुमार गुप्ताले भाडामा लिई किराना पसलकाे गोदाम राखेका थिए । गोदाममा कस्मेटिक देखि किरानाको समान स्टोर राखिएको थियो । साेही समान आगलागीले जलेर र केही समान आगाे निभाउने क्रममा पानीले नष्ट भएकाे पसल संचालक गुप्ताले वताए । उनले रु ४० लाख बराबरकाे समान जलेर नष्ट भएकाे वताए ।
पसलका संचालक गुप्ताका अनुसार गोदामा राखिएको कस्मेटिक समान र किराना आईटमका आधी भन्दा बढी समानहरु जलेर करिब ४० लाख भन्दा बढीको क्षति भएको छ ।
गोदाम भित्र जडान गरिएको ईन्भर्टर सर्ट भई आगलागि भएको अनुमान प्रहरीले गरेको छ । आगो महानगरपालिकाको २ वटा बारुण यन्त्र, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा आएकाे थियाे ।
गाेदाममा रहेकाे तेल, ध्यूँ, डलडा, रिफाईन तेल जस्ता तरल पदार्थ बढी रहेकोले आगो नियन्त्रणमा लिन समय लागेकाे थियाे । Kalikatimes