बिरगंजमा रहेको बाल सुधार गृहमा १०७ थान कम्बल बितरण
वीरगंज संजाल
१८ पुष २०७६, शुक्रबार १९:०३
४७२५
बिरगंज । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा र सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा श्रीराम पिक्चर प्यालेसका
संचालक रामदेव प्रसाद कलवारको श्रीमती( गौदमिया देबि ) को सहयोगमा शुक्रबार बिरगंज महानगर पालिका वडा न. ४ बिर्ता स्थित बाल सुधार गृहमा १०७ पिस कम्बल बितरण गरेको थियो । तराईमा बढदै गरेको चिसोको कारण बाल सुधार गृहमा रहेका बालबालीकाहरु कस्टकर जिवन बिताईरहेको भन्ने खबरले गर्दा केहि राहत हुने हुदा कम्बल बितरण
गरिएको अध्यक्ष ठकुराईले जानकारी दिनु भएको थियो।कम्बल बितरण कार्यक्रममा कलवार परिवारका सदस्यहरु लक्ष्मण प्रसाद कलवार , हरिवन्श प्रसाद कलवार , पप्पु कुमार गुप्ता ,!सुर्यान्स कुमार गुप्ता , उत्कर्ष कुमार गुप्ता , राजेश गुप्ता , सामुदायिक सेवा केन्द्र छपकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , सर्वराष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक , सम्पादक एवं सामुदायिक सेवा केन्दका सल्लाहकार महेश चन्द्र गौतम , राईजिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु ,
समाजसेबि जेयाउल हक समानी , बाल सुधार गृहका प्रमुख प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव , छपकैयाप्रहरी बिटका प्रहरी सहायक निरीक्षक कुलदिप कुमार कर्ण, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्र छपकैयाक-२ का सदस्य एवं सन्चार कर्मी अजित भुजेलले गर्नु भएको थियोे ।