• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सरकारले नेशनल मेडिकल कलेजमा पैसा तिरेर एमबिबिएस पढाइरहेको विद्यार्थी नै परीक्षा दिनबाट वञ्चित

  • वीरगंज संजाल
  • Aug 26, 2019, 4:34 pm
  • ४२८०

    वीरगन्ज । नेशनल मेडिकल कलेज वीरगन्जमा सरकारले पैसा तिरेर एमबिबिएस पढाइरहेको विद्यार्थी नै परीक्षा दिनबाट वञ्चित भएका छन् ।

    आर्थिक अवस्था कमजोर भएका डोम, मुसहर, बादी र चमार समुदायका विद्यार्थीलाई सरकारले २०७२ सालदेखि पैसा तिरेरै एमबिबिएस पढाउँदै आए पनि त्यही समुदायका विद्यार्थी परीक्षाबाट वञ्चित छन् ।

    ‘एमबिबिएस पढ्न लाग्ने सम्पूर्ण खर्च सरकारले कलेजलाई पठाइसकेको छ,’ उनले भने, ‘अहिले आएर कलेजले भर्ना, परीक्षा, कम्युनिटी फिल्ड पोस्टिङ चार्ज, पर्मोसन शुल्क, ल्याब, पुस्तकालय र विद्यार्थीको स्वास्थ्य परीक्षण गरेकोलगायत विभिन्न नाममा मसँग १२ लाख ८७ हजार रूपैंयाँ थप मागेको छ ।’

    कलेजले नियमविपरीत वार्षिक दुई लाख १४ हजार रूपैयाँ शुल्क लिने गरेको उनले गुनासो गरे । तेस्रो वर्षमा परीक्षा दिन नपाए पनि उनी चौथो वर्षमा पढिराखेका छन् । दोस्रो वर्षसम्म नियमित उत्तीर्ण हुनेले त्यसपछिका वर्ष परीक्षा नदिए पनि पढ्न भने पाउँछ ।

    ‘सरकारले कलेजलाई सबै शुल्क यसैभित्र समेटिएकाले थप शुल्क विद्यार्थीले तिर्न नपर्ने भन्छ,’ उनले भने, ‘कलेजले भने विभिन्न बहानामा विद्यार्थीबाट शुल्क लिन्छ । यो हाम्रो मात्र होइन, कलेजमा पैसा तिरेर पढ्ने सबै विद्यार्थीको समस्या हो ।’

    कलेजले जबर्जस्ती होस्टलमा विद्यार्थी राख्ने र खानबस्न भन्दै वार्षिक थप एक लाख ३८ हजार रूपैयाँ विद्यार्थीबाट उठाउने गर्छ ।

    ‘सरकारले खानबस्न मासिक पाँच हजार रूपैयाका दरले हामीलाई पैसा दिन्छ,’ उनले भने, ‘वार्षिक एक लाख ३८ हजार कहाँबाट ल्याएर तिर्नु ?’ होस्टेलको सट्टा बाहिर डेरा खोजेर बस्न कलेजले छुट दिने हो भने सरकारले दिएको पैसाले पुग्ने उनले बताए ।

    रामलगायत पाँच जनालाई सरकारले नेशनल मेडिकल कलेजमा पढाइराखेको छ । चौथो वर्षमा दुई जना, दोस्रो वर्षमा दुई जना र पहिलो वर्षमा एक जना विद्यार्थी पढ्दै आएका छन् । कलेजमै पढ्ने तीन जनालाई प्रदेश सरकारले थप आर्थिक सहयोग गरेको छ । राम र पंकजरामले भने प्रदेश सरकारबाट सहयोग पाएका छैनन् ।

    ‘प्रदेश नम्बर २ सरकारले पहुँच पुगेका हाम्रा तीन जनालाई तीन लाख ५० हजार रूपैयाँ सहयोग गरिदियो,’ उनले भने, ‘हामी पनि प्रदेश २ कै हो तर पहुँच नपुगेर पैसा दिएनन् ।’ प्रदेश सरकारबाट सहयोग पाएकाहरू तेस्रो वर्षको परीक्षामा सहभागी हुन पाएका थिए ।

    एमबिबिएस पढ्न अहिले ४२ लाख ४५ हजार रूपैयाँ शुल्क लाग्छ । पहिले ३८ लाख ५० हजार रूपैयाँ थियो । ‘प्रदेश सरकारले पैसा दिन हुँदैनथ्यो,’ उनले भने, ‘कलेजले मनलाग्दी ढंगले विद्यार्थीबाट पैसा असुल गरेपछि प्रदेश सरकारले छानबिन गरी कारबाही पो गर्नुपर्ने । उल्टो पैसा दिए, प्रवृत्ति गलत छ ।’

    आफ्नो घरखेत बिक्री गर्दा पनि कलेजले मागेअनुसार पैसा जुटाउन नसक्ने रामले गुनासो गरे । ‘१५ रूपैयाँ भाडा नहुने विद्यार्थीसँग वार्षिक दुई लाख १४ हजार मागेपछि कसरी तिर्ने ?’ उनले भने, ‘पढ्ने कि खर्च जुटाउन भौतारिँदै हिँड्ने तनाव छ ।’

    सरकारले पैसा तिरेको विद्यार्थीले परीक्षा दिन नपाउने कुरा लाजमर्दो भएको उनको भनाइ छ । ‘सरकारको खर्चमा पढ्ने मैले त परीक्षा दिन पाइनँ भने अरूको अवस्था कस्तो होला ? सरकारले राम्रोसँग छानबिन गर्नुपर्ने हो,’ उनले भने ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर समस्या सुनाएको उनले बताए । ‘सञ्चारमन्त्रीले आवश्यक कामकारबाही गरिदिनू भनेर पत्राचार गरिदिनुभएको छ तर समस्या समाधान भएको छैन,’ उनले भने ।

    ‘हामीलाई सरकारले एमबिबिएस पढाएर अलपत्र पार्न खोज्यो,’ उनले भने, ‘सरकारले बुझाएको पैसा पुगेन भन्दै थप शुल्क माग्छन, कहाँबाट ल्याएर तिर्नू ?’

    नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले अतिरिक्त शुल्क नलिएको दाबी गरे । ‘सरकारले लिन पाउने भनेको शुल्क मात्रै लिएको छ,’ अन्सारीले भने, ‘एक रूपैया पनि थप शुल्क लिएको छैन ।’

    विद्यार्थीबाट खाना र होस्टेल शुल्क लिइएको उनले जानकारी दिए। ‘अतिरिक्त शुल्क लिएको भन्ने होइन। खाना खाएपछि, होस्टलमा बसेपछि शुल्क त लाग्छ नि,’ उनले भने, ‘त्यो शुल्क त तिर्नुपर्छ। विद्यार्थीले नतिरे कसले तिर्छ, सरकारले लेखेर दिनुर्पयो।’ विद्यार्थीले तीन वर्षदेखिको खाना र होस्टल शुल्क नदिएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑