वीरगन्ज बाजार क्षेत्र दाया बाया २५ / २५ मिटर बिस्तार हुने तयारी
वीरगंज संजाल
९ भाद्र २०७६, सोमबार ०२:११
९५२७
वीरगंज| वीरगंज–पथलैया व्यापारिक सडक विस्तार आयोजनाले गण्डकदेखि शङ्कराचार्य गेटसम्ममा ६ लेनको सडक विस्तारको लागि २९ वटा सरकारी कार्यालयहरूलाई तत्काल अतिक्रमण हटाउन चेतावनी दिएको छ । परियोजनाले सडक विस्तारका लागि आगामी कार्तिक मसान्तसम्म समयसीमा तोकेर पत्र काटेपछि सरकारी कार्यालयमा खैलाबैला मच्चिएको छ ।
यो पत्र पठाएपछि मेन रोड तोड्ने अव निश्चित भएको छ । दिपावली अघि नै मेनरोड छेउछाउका सरकारी कार्यालयलाई २५/२५ मिटर जग्गा खाली गर्ने निर्देशन दिइएको छ ।
स्रोतका अनुसार उच्च अदालत अस्थायी इजलास जनकपुर, जिल्ला जनस्वास्थ्य कार्यालय, विद्युत् कार्यालय, भारतीय वाणिज्य दूतावासको कार्यालय नेशनल टे«डिङ, जिल्ला हुलाक कार्यालय, सेना ब्यारक, नेपाल दूरसञ्चार कम्पनीको क्षेत्रीय तथा वीरगंज कार्यालय, वडा प्रहरी कार्यालय, कोष तथा लेखा कार्यालय, नारायणी अस्पताल, प्रहरी चौकी इनरवा, वीरगज भंसार, जिल्ला पर्यटन कार्यालय लगायत सरकारी कार्यलयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको छ
। पत्रमा निजीभन्दा सरकारी कार्यालयले सडक अतिक्रमित जग्गा खाली गर्न सहयोग गर्न अनुरोध गरिएको छ।