

वीरगंज | देउसीभैलो खेल्दा अश्लील नृत्य गरेको आरोपमा रुपन्देही प्रहरीले दुईजनालाई पक्राउ गरको छ ।
रुपन्देही जिल्लाका विभिन्न स्थानमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रर्दशन गरेकोमा गएराती १२ बजेको समयमा इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१० महिलावार बजार रुपन्देहीबाट दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अमर्यादित तवरले अश्लील नृत्य गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० को चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ बस्ने वर्ष २१ को प्राप्ती बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।


