

बारा। सिकिन्द्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १०, देवापुर टेटा निवासी ऋतिक यादव लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी वकिल पदमा नाम निकाल्न सफल भएपछि गाउँमा खुसीयाली छाएको छ।
यादवको सफलतापछि गाउँ तथा नगरपालिका क्षेत्रका सरकारी कर्मचारी, बुद्धिजीवी, भद्रभलादमी तथा स्थानीयवासीहरूले गाउँमै पुगेर उनलाई खादा लगाई सम्मान तथा बधाई दिएका छन्।



सानैदेखि निरन्तर अध्ययनप्रति रुचि राख्दै मेहनत र लगनशीलताका साथ अगाडि बढेका छोराले सरकारी सेवामा सफलता हासिल गरेपछि आफू लगायत सम्पूर्ण समाज नै हर्षित भएको उनका बुवा राजकिशोर यादवले बताए।


