कायस्थ प्रिमियर लिग (केपीएल) सिजन–२ को ट्रफी अनावरण, कात्तिक २३ र २४ गते प्रतियोगिता हुने
वीरगंज संजाल
Nov 7, 2026, 10:47 pm
१८०
शेयर
वीरगंज | वीरगंजमा आयोजना हुन लागेको कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को ट्रफी एक कार्यक्रमबीच अनावरण गरिएको छ।
श्री चित्रगुप्त समिति र चित्रांश युवा क्लब वीरगंजको आयोजनामा हुने प्रतियोगिता आगामी कात्तिक २३ र २४ गते आदर्शनगरस्थित खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुनेछ।
श्री चित्रगुप्त समितिका अध्यक्ष महेश दास, चित्रांश युवा समितिका संयोजक राजन श्रीवास्तव तथा केपीएल सिजन–२ का संयोजक नितेस कर्णको नेतृत्वमा प्रतियोगिताको तयारी भइरहेको छ।
प्रतियोगितामा कायस्थ किङ्स, कायस्थ याक्स, चित्रांश सुपर किङ्स, वीरगंज चित्रांश लायन्स, चित्रांश वारियर्स, वीरगंज कायस्थ एभेन्जर्स, वीरगंज कायस्थ टाइटन्स र रोयल चित्रांश गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। ‘थ्रिलर म्याचेज टु कम’ नारासहित आयोजना हुन लागेको प्रतियोगिताले खेलप्रेमीलाई रोमाञ्चक खेलको अनुभव प्रदान गर्ने आयोजकको अपेक्षा छ।