
वीरगंज | हिमालयन एयरलाइन्सका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ प्रदान गरेका छन् ।
कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १३ लाख राहत कोषमा प्रदान गरिएको हो । बाँकी रकम भने बाढीबाट प्रभावित हिमालय एयरलाइन्सका कर्मचारीको परिवारलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यसबाहेक कर्मचारीले विपद् प्रभावित नागरिकका लागि लुगासमेत संकलन गरेका थिए । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले पर्यटनमन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबर चेक हस्तान्तरण गरे ।