
लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
बिरगंज ।लाल्बाबु सिंह २५ भाद्र लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325S अन्तर्गत लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली सभा तथा दिप प्रज्ज्वलनसहित शान्ति पाठ कार्यक्रम सम्पन्न गरेको छ।
गहवामाई मन्दिरमा परिसरमा क्लबका अध्यक्ष पिया सिंहले बिहिबार आयोजित कार्यक्रममा क्लब का अध्यक्ष पिया सिंहले बिहान ७ बजे दिप प्रज्ज्वलन गरेका थिए भने सहभागिहरु द्वारा १ मिनेट मौनधारण गरिएको थियो। त्यसपछि पण्डित जितेन्द्र कुमार झा द्वारा शान्ति पाठ गरिएको थियो।
क्लबका अध्यक्ष पिया सिंहको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, डिस्ट्रिक्ट चिफ तथा चार्टर्ड प्रेसिडेन्ट लायन अशोक बेरिवाल, जोन चेयरपर्सन एवं इमिडिएट पास्ट प्रेसिडेन्ट लायन उमेश कुमार गुप्ता, सचिव लायन नेल्सन भण्डारी, सह-सचिव लायन प्रसिद्धि आनन्द सिंह, सदस्यहरु लायन श्रुति गुप्ता र लायन कोमल गुप्ता* ,गहवामाई सञ्चालक समितिका सदस्यहरु गणेश ठाकुर, भोला कहार र संजय कुमारको सहभागिता थियो।
सो अवसरमा डिष्ट्रीक गभर्नर पाण्डेले विनाशकारी बाढले निम्त्याएको अकल्पनीय विपद्को घडीमा हामिसबै एक भएर सेवा सहयोग गर्न आग्रह गरेका थिए साथै लायन्स क्लबले राहत र उद्धारमा सक्रिय सहयोग गरेको बताउदै भूमिका खेलेको र आउने समयमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको प्राथना गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष सिंहले भोटेकोशी र त्रिशुलीको अकल्पनीय प्रलयकारी बाढीमा दिवंगत हुनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभ एवं बेपत्ताहरुको सकुशलताको प्राथना पनि गरेका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीले प्रकृतिको सन्तुलन कायम गर्न र यस्ता विपद्लाई न्यूनीकरण गर्न सबैलाई सचेत हुन आग्रह गर्दै “Service With Pride” को भावनाका साथ सामाजिक सेवामा अग्रसर हुने बताएको छ।
क्लबले अध्यक्ष सिंहको नेतृत्वमा बिरगंज ४ स्थित त्रीजुद्ध स्कुल छात्रावासमा अध्ययनरत नेत्र सम्बन्धि अपांगता भएका विद्यार्थी भाइबहिनिहरु लाई मंगलबार शारीरिक स्वच्छता सचेतना एवं कपाल काटने कार्यक्रम सम्पन्न गरेको थियो ।