• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    होमवर्क नगरेको भन्दै शिक्षिकाले बालिकालाई हानिन एक थप्पड, तुरुन्तै ढलिन् बालिका

  • वीरगंज संजाल
  • Aug 21, 2026, 10:56 am
  • ०

     वीरगंज |  भारतको आन्ध्र प्रदेशस्थित विशाखापत्तनममा विद्यालयमा शिक्षिकाले कुटपिट गरेपछि पाँच वर्षीय विद्यार्थीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । गृहकार्य पूरा नगरेको भन्दै शिक्षिकाले बालकमाथि हातपात गरेको परिवारको आरोप छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मृतक बालक टी. प्रणय तेज निजी विद्यालयमा यूकेजीमा अध्ययनरत थिए । बिहीबार बिहान कक्षामा गृहकार्य जाँच गर्ने क्रममा बालकले काम पूरा नगरेको पाइएपछि शिक्षिकाले उनलाई बोलाएर गाली गरेको र थप्पड हानेको बताइएको छ ।

    विद्यालयको कक्षाकोठामा जडान गरिएको सीसीटीभीमा शिक्षिकाले बालकलाई गाली गरिरहेको, उनको कपडा मिलाउँदै गरेको र त्यसपछि थप्पड हानेको दृश्य देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थप्पडपछि केही क्षणमै बालक शिक्षिकाको काखमा ढलेको देखिन्छ ।

    परिवारका अनुसार बालक त्यस दिन विद्यालय जानुअघि नै डराएका थिए । गृहकार्य पूरा नगरेकाले उनी विद्यालय जान अनिच्छुक भए पनि पछि आफैं विद्यालय गएका थिए । कक्षामा पुगेपछि घटना भएको र बालक ढलेपछि विद्यालयले उनलाई अस्पताल पुर्‍याएको बताइएको छ ।

    बालकलाई सुरुमा निजी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि किङ जर्ज अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि बालकका अभिभावक र आफन्तले विद्यालय तथा अस्पताल परिसरमा भेला भएर दोषी शिक्षिका र विद्यालय व्यवस्थापनमाथि कडा कारबाहीको माग गरेका छन् ।

    प्रहरीले घटनाबारे उजुरी लिएर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक रूपमा अस्वाभाविक तथा शंकास्पद मृत्युको प्रक्रियाअन्तर्गत अनुसन्धान भइरहेको र सीसीटीभी फुटेजसहित घटनासँग सम्बन्धित प्रमाणको अध्ययन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बालकको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने बताइएको छ ।

    आन्ध्र प्रदेशका मानव संसाधन विकासमन्त्री नारा लोकेशले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कानुनी कारबाही गरिने बताएका छन् । उनले विद्यालय व्यवस्थापनविरुद्ध समेत आवश्यक कदम चालिने र पीडित परिवारलाई सरकारका तर्फबाट सहयोग गरिने आश्वासन दिएका छन् ।

    घटनाले विद्यालयमा बालबालिकामाथि हुने शारीरिक दण्ड र शिक्षकको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ । यद्यपि बालकको मृत्युको प्रत्यक्ष कारणबारे प्रहरीको अनुसन्धान र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले घटनालाई अनुसन्धानकै क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क
  • कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित
  • वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग
  • गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    ब्वाइज होस्टलमा कुटपिट, धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    प्रधानमन्त्री बालेन अस्तामस्थित इको भिलेजमा बस्ने

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    वीरगन्जको बाल सुधार गृहबाट एक किशाेर चार दिनदेखि फरार

    गरिमाका आमा-बुबा आजपनि सडक धर्नामा, परिवारले मानेन प्रशासनको सहमति

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    News

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    News

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    News

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    News

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑