• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

  • वीरगंज संजाल
  • Aug 19, 2026, 12:18 pm
  • ०

    वीरगंज | वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयअन्तर्गत कक्षा १२ का बिहानी सत्रका विद्यार्थीहरूबीच घरेलु सामग्रीको प्रयोग गरी विभिन्न सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न भएको छ।

    कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतान लगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रतियोगितामा विद्यार्थीहरूले आफ्नै हातबाट विभिन्न घरेलु तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गरी मन्दिर, विद्यालय, कलेज तथा विभिन्न मूर्ति लगायतका आकर्षक सामग्री निर्माण गरेका थिए। विद्यार्थीहरूमा सिर्जनशीलता, व्यवहारिक ज्ञान, मेहनत तथा स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।

    प्रतियोगितामा पूजा मण्डल प्रथम, सोनी शर्मा लोहार द्वितीय र रेनु चौहान तृतीय भएका थिए। उत्कृष्ट स्थान हासिल गर्ने तीनै जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि डा. राम औतार खेतानले मेडल प्रदान गरी सम्मान गर्नुभएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि डा. राम औतार खेतानले विद्यार्थीहरूमा किताबी ज्ञानसँगै व्यवहारिक तथा सिर्जनात्मक सीपको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले सामान्य तथा घरमै उपलब्ध सामग्रीको प्रयोग गरेर विद्यार्थीहरूले आकर्षक सामग्री निर्माण गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो, “विद्यार्थीहरूभित्र लुकेको प्रतिभालाई बाहिर ल्याउन यस्ता सिर्जनात्मक कार्यक्रम निकै महत्वपूर्ण हुन्छन्। पढाइसँगै व्यवहारिक ज्ञान, सीप र सिर्जनशीलतालाई प्राथमिकता दिन सके विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्छ।”

    कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका सामग्रीको अवलोकन गर्दै शिक्षक तथा अतिथिहरूले विद्यार्थीहरूको मेहनत र सिर्जनशीलताको प्रशंसा गरेका थिए।

    कलेज प्रशासनले आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता, प्रतिभा तथा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अतिरिक्त तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • कांग्रेस संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारीमा
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान
  • भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारीमा

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    कांग्रेस संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारीमा

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेस संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारीमा

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    News

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    News

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑