
बिरगंज| महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा गुडविल सोसाइटी बिरगंज द्वारा बिरगंज २ छपकैया स्थित इदगाह चौकमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रगतको अभावलाई कम गर्ने र मानवीय सेवामा योगदान पुर्याउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा जिप्रका प्रवक्ता एवं सुचना अधिकारी प्रनाउ चक्र बहादुर मल्ल ,साहिल अन्सारी ,अख्तर अलि,रविन्द्र दास,जुमरात मिया,विवेक गुप्ता,दिपेन्द्र कार्की,राजा कुरेसी लगायत ४२ जना रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गरि मानवता बलियो बनाएको रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरव राज पाण्डेले बताएका थिए।
सो कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक नगर प्रमुख आलमले रक्तदान जस्तो महान् कार्यले मानव जीवन बचाएर मानवता बलियो बनाउने भएकोले यस्ता सामाजिक कार्यहरूमा समाजका हरेक वर्गको अग्रसरता आवश्यक रहेको बताउदै सम्पूर्ण रक्तदाताहरू लाई सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो।
गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथीबिरगंज महानगरपालिका २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल, वडा सदस्य बासिर मियाँ हजाम,सामुदायिक प्रहरी छपकैया का अध्यक्ष ठकुराई ,राजेन्द्र भट्टराई , सोसाइटीका पदाधिकारी सदस्यहरु लगायत स्थानीय युवाहरूको बाक्लो सहभागिता रहेको थियो।
स्थानीय स्तरमा रगतको अभाव हुन नदिन गुडविल सोसाइटीले खेलेको यस मानवीय भूमिकाको कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,अतिथी तथा स्थानीय वासीहरूले मुक्त कन्ठ ले प्रशंसा गरेका थिए।
रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरव राज पाण्डेको नेतृत्वको टिमले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।
