• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

  • वीरगंज संजाल
  • Aug 16, 2026, 11:28 am
  • ०

    इलाम- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन्।

    इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका हुन्।

    अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई ‘अराजकताको पराकाष्ठा’ भएको बताएका छन्। पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे।

    पार्टीको एउटा विधि र विधान हुने भन्दै उनले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु अराजकता भएको उल्लेख गरे। पार्टीमाथि वाह्य शक्ति र विरोधीहरूले तिब्र प्रहार गरिरहेको समयमा सिंगो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै ओलीले आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने बताए। अध्यक्ष ओलीले अब बस्ने केन्द्रिय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पारे।

    सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य रोक्न आग्रह गर्दै गर्दै उनले पार्टीमा बस्ने भए अनुशासन पालना गर्न निर्देशन दिए।

    अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो। अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो। अस्ति मात्र महाधिवेशन सम्पन्न भएको छ। पार्टीको आफ्नै विधि, प्रक्रिया र समय हुन्छ। अहिले विरोधीहरूले तीब्र प्रहार गरिरहेका बेला सिङ्गो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने हो। तर पार्टीभित्रै अध्यक्ष हटाउनेजस्ता अनावश्यक कुरा उठाउनु उचित होइन। त्यसैले साथीहरूलाई पार्टीप्रति दृढ विश्वास राखेर अघि बढ्न आग्रह गर्दछु। केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइनेछ। पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ। कुनैपनि संस्था वा संगठनमा काम गर्दा त्यसका नियम, नीति र अनुशासन मान्नुपर्छ। अब यही कुरा दृढतापूर्वक कार्यान्वयन गरिनेछ।’

    अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई कुनैपनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आग्रह समेत गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑