• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सिंहदरबारभित्रै ढिलासुस्ती: सात वर्षसम्म बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै

  • वीरगंज संजाल
  • Aug 13, 2026, 10:39 am
  • ०

    सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य करिब सात वर्ष हुनै लाग्दा पनि सकिएको छैन । २०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप हुँदा अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको छ ।भवन निर्माणका लागि सातौँपटक म्याद थप गर्न निर्माण व्यवसायीले सहरी विकास तथा भवन निर्माण विभागसमक्ष निवेदन पेस गरेको छ । सबै कागजात प्राप्त नभएकाले म्याद थप भइनसकेको विभागको विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताए । ‘म्याद थपका लागि निवेदन आएको छ । म्याद थप भइसकेको अवस्था पनि छैन । इन्स्युरेन्ससहित अरु कागजात पुगेको छैन,’ उनले भने ।

    ६ अर्ब ९२ करोड रुपैयाँ लगानीमा १ सय ५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन भइरहेको छ । यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्ति(भीभीआईपी) कक्ष, पुस्तकालय, चमेना गृह, संसदीय दलका कार्यालय र सुरक्षाकर्मीको भवनसहित कुल १२ वटा ठुला भवन तयार हुनेछन् । यो कामको ठेक्का तुँदी-सेक जेभीले लिएको थियो ।

    हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति भएको निर्देशक श्रेष्ठले बताए । बढीमा डेढ महिनामा सकिने काम बाँकी भएपनि ठेकेदारको गति सुस्त देखिएको उनले सुनाए । छैटौँपटक थप भएको म्याद गत जेठ पहिलो हप्ता सकिइसकेको छ । यो म्याद सकिएपछि काम पनि निकै सुस्त छ ।

    २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि संसदीय गतिविधि यही भवनबाट सञ्चालन गर्ने योजनाअनुसार २०७६ मा निर्माण अघि बढेको थियो । २०८२ मा निर्वाचन भएर नयाँ सांसद् आइसक्दा पनि संसद् भवन बन्न सकेको छैन ।

    सिभिलतर्फको काम नसकिँदा इन्टेरियरको ठेक्का सम्झौता पनि प्रभावित भएको छ । केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा आन्तरिक सजावट, फर्निचर, सूचना प्रविधि, साउण्ड सिस्टम र सम्पूर्ण सफ्टवेयर र हार्डवेयरको काम गर्ने गरी ठेक्का लिएको थियो ।

    २०८० असारमा सम्झौता भएकोमा २०८१ असारमा सकिनुपर्ने थियो । तर, भवन निर्माणकै काम नसकिँदा इन्टेरियरको जिम्मा लिएको ठेकेदारले गर्ने काम पनि प्रभावित भएको छ । यो सम्झौताको प्रगति करिब ५५ प्रतिशत छ ।

    भवन बनाउने र इन्टेरियरको काम गर्ने दुवैको म्याद थप गर्नुपर्ने अवस्था रहेको निर्देशक श्रेष्ठले बताए । ‘दुई वटा काम एकअर्कासँग जोडिएको छ । दुई वटैको म्याद थप गर्नुपर्ने हुन्छ,’ उनले भने । दुवैको म्याद ६ महिनासम्म थप गर्ने तयारी विभागको छ ।

    २०७६ साल असोज १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् भवन निर्माणको शिलान्यास गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?
  • सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा
  • ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने
  • सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

    सिंहदरबारभित्रै ढिलासुस्ती: सात वर्षसम्म बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै

    जाभी बने डच प्रशिक्षक,युरो २०२८ र २०३० को विश्वकपसम्म टोली सम्हाल्ने

    एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रेडक्रस पर्साद्वारा रक्तदान तथा सरसफाइ कार्यक्रम

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    News

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    News

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    News

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    News

    रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑