• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

  • वीरगंज संजाल
  • Aug 13, 2026, 10:47 am
  • ०

     वीरगंज | राष्ट्रिय गौरवको आयोजना बुुटवल–नारायणगढ सडकको निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाका अनुसार चौथो पटक म्याद थपिएको छ भने सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    सडकको ११३ किलोमिटर सम्पन्न हुन थालेपछि राजमार्गको यात्रा सहज बन्दै गएको छ । २०७५ सालदेखि निर्माण सुरु गरिएको सडकलाई दुई खण्डमा बाँडेर अन्तिम चरणको काम भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । सडक पूर्वी खण्ड ६५ किलोमिटर र पश्चिम खण्ड ४८ किलोमिटर रहेको छ । सडकको म्याद पूर्वी खण्डमा साउन ८ र पश्चिम खण्डमा साउन ५ गते सकिएको छ । खनालका अनुसार पूर्वी खण्डको भौतिक प्रगति हालसम्म ९७ प्रतिशत पुगेको छ भने पश्चिमी खण्डको ९६.५ प्रतिशत रहेको र वित्तीय प्रगति पूर्वी खण्डमा ९४ प्रतिशत र पश्चिमी खण्डमा ९२ प्रतिशत पुगेको छ ।

    हालसम्म सडकको ६५ किलोमिटर कालोपत्रे भएको छ भने दाउन्नेको उकालोमा चार किलोमिटर सडक ढलाइ सम्पन्न भएको छ भने २२ वटा साना र १२ वटा ठुला पुल सबै निर्माण भएका छन् । बाँकी रहेका बजारक्षेत्रका कावासोती, दलदले, गैँडाकोट अरुणखोला, चोरमारालगायतका क्षेत्रमा सर्भिस लेन, रङरोगन, सडक सुरक्षाको काम भइरहेको छ र सडकमा डिभाइडरको काम अन्तिम चरणमा पुगेको दाबी खनालले गर्नुभयो । त्यस्तै पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले पश्चिम खण्डमा पर्ने ४८ किलोमिटर सडकको काम सम्पन्न भएको बताउनुभयो । यो खण्डमा नौ वटा ठुला पुल र २१ वटा साना पुल सम्पन्न भई सञ्चालनमा आएको छ ।

    यात्रुलाई सधैँ सास्ती दिने दाउन्नेको उकालो पूर्वी खण्डभन्दा पश्चिमी खण्डमा धेरै भएकाले यहाँ पनि ढलाइको काम सम्पन्न भएको खनालको भनाइ छ ।

    पश्चिमी खण्डका सडकमा सर्भिस लेनका काम धमाधम भइरहेका छन् भने बुटवल, भुमही, बर्दघाटमा यो अन्तिम चरणमा पुगेको छ । डिभाइडरको काम पनि करिब सम्पन्न हुन लागेको छ भने दाउन्ने उकालोमा हरित कार्य अन्तर्गत बिरुवा रोपेर उमार्ने काम पनि सकिएको खनालले बताउनुभयो । दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको छ । एसियाली राजमार्गको मापदण्डमा विस्तार भइरहेको यो सडकको कुल लागत बजेट १६ अर्ब ९९ करोड रुपियाँ रहेको छ ।

    गोरखापत्र अनलाइन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑