• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित

  • वीरगंज संजाल
  • Aug 12, 2026, 8:02 pm
  • ०

    बारा ।सिकिन्द्र साह | बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटाका सरसफाइ कर्मचारी गिरि मलि डोम एक वर्षदेखि पारिश्रमिक नपाएपछि आर्थिक समस्यामा परेका छन्। आफूले लामो समयसम्म काम गरे पनि पारिश्रमिकका लागि पटक–पटक नगरपालिका धाउँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ।

    मलिका अनुसार उनी करार सेवामा नियुक्त भई वडा क्षेत्रमा सरसफाइ गर्ने, नाला तथा सार्वजनिक चर्पी सफा गर्ने जिम्मेवारीमा कार्यरत थिए। सुरुवाती समयमा नियमित रूपमा पारिश्रमिक पाए पनि पछिल्लो एक वर्षदेखि आफ्नो तलब रोकिएको उनले बताए।

    “नगर प्रमुख किशोरी साह कलवारको निर्देशनमा मेरो एक वर्षको पारिश्रमिक रोकिएको हो,” मलिले भने, “पटक–पटक गुहार माग्दा पनि सुनुवाइ भएन। घरमा स–साना बालबालिका छन्। पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउन समेत कठिन भएको छ।”

    आफू महादलित समुदायबाट भएकै कारण समस्याप्रति सम्बन्धित निकायले गम्भीरता नदेखाएको मलिको आरोप छ। नगरपालिकामा आफूजस्तै काम गर्ने केही डोम समुदायका कर्मचारी अझै कार्यरत रहेको उनको दाबी छ।

    यता, नगर प्रमुख किशोरी साह कलवारले भने नगरपालिकाले नियमअनुसार ११७ जना कर्मचारीलाई हटाएको बताएका छन्। कर्मचारी हटाउने प्रक्रिया कानुन र नगरपालिकाको नियमअनुसार नै भएको उनको दाबी छ।

    पारिश्रमिक रोकिएको विषयमा कर्मचारी र नगरपालिकाबाट फरक–फरक दाबी सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ। लामो समय काम गरेका कर्मचारीको पारिश्रमिक रोकिएको भए त्यसको कानुनी तथा प्रशासनिक आधारसमेत सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।

    श्रम गरेबापतको पारिश्रमिक नपाउनु गम्भीर विषय भएको भन्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल पहल गरी समस्याको समाधान गर्न माग गरेका छन्। विशेषगरी विपन्न तथा महादलित समुदायका श्रमिकले आफ्नो श्रमको पारिश्रमिकका लागि लामो समयसम्म भौतारिनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनीहरूको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑