• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सुनसान कार्यालयलाई तीनतले घर, मासिक एक लाख

  • वीरगंज संजाल
  • Sep 27, 2023, 5:54 pm
  • ३८५

    दमक | दमक नगरपालिका– ७ मा रहेको रेल आयोजना कार्यालयको भवन तीन तलाको छ । एउटा तलामा कार्यालय सञ्चालन भइरहे पनि अरू तलासमेत अनावश्यक भाडामा लिइएको छ । त्यहाँ भएका कर्मचारी घरबाटै धाउँछन् । तर, आक्कलझुक्कल आउने कार्यालय प्रमुख र अरू कर्मचारीलाई क्वार्टरसमेत राखिएको छ । रेल विभागले झन्डै तीन वर्षदेखि मासिक भाडा एक लाख रुपैयाँ तिर्दै आएको छ ।

    रेल आयोजना कार्यालय सुनसान छ । नियमित तीनजना कर्मचारी कार्यालय आउँछन् । सेवाग्राही आक्कलझुक्कल कार्यालय आइपुग्छन् । कार्यालय प्रमुख गत असारदेखि कार्यालयमा आएका छैनन् । ‘कार्यालय प्रमुखको अतिरिक्त जिम्मेवारी हो । लेखा अधिकृत, नायब सुब्बा, लेखापाल र कार्यालय सहयोगी छौँ । लेखापालको अन्यन्त्र पनि जिम्मेवारी छ । हामी तीनजना नियमित कार्यालय जान्छौँ,’ रेल आयोजना कार्यालय दमककी लेखा अधिकृत विनिता पोखरेलले भनिन्, ‘यहाँ काम छैन । हामी कामविहीन छौँ । सेवाग्राही दिनमा एक–दुईजना आउनुहुन्छ । लेखा अधिकृतको एउटा कार्यालयमा दुई वर्ष बस्नुपर्ने बाध्यता छ । त्यही भएर बाध्य भएर बसेका छौँ । कामविनाको कार्यालयमा बस्न हामीलाई पनि मन छैन । अब दुई वर्ष पुग्यो । सायद यहाँ बस्दैनौँ ।’ दिनमा एक–दुईजना सेवाग्राही पनि केही महिनायता मात्र आएका हुन् । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत झापा, मोरङ र सुनसरीका प्रभावितको रोक्का राखेको जग्गामध्ये रेलमार्ग पर्नेबाहेकको जग्गा फुकुवा गर्ने निर्णयसँगै फाट्टफुट्ट सेवाग्राही कार्यालयसम्म आइपुग्न थालेका छन् । ‘न जनशक्ति छ, न बजेट नै । अहिले हामी कामविहीन भएर बसेका छौँ,’ रेल आयोजना कार्यालयका एक कर्मचारीले भने ।

    पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर खण्ड हेर्न ०७७ माघमा यो कार्यालय दमकमा स्थापना भएको थियो । रेल विभागले प्रभावित जनतालाई मुआब्जा नदिई रेलमार्गको ठेक्का दिने काम गरेको थियो । यद्यपि, निरन्तर दबाबपछि विभागले ठेक्का नै रद्द गरेको थियो । सुरुमा यो रेलमार्ग निर्माणमा सरकारले प्राथमिकता देखाउँदै मुआब्जाको प्रक्रियासमेत ठेक्का लगाए पनि पछिल्लो समय सरकारी बेवास्ताका कारण यो कार्यालय कामविहीन छ । गत वैशाखमा दमकको यो कार्यालयमा सरुवा भएर आएका कार्यालय प्रमुख सञ्जय पन्थी असारदेखि कार्यालयमा आएका छैनन् । उनी रेल विभागमै कार्यरत छन् । ‘दमकको मेरो थप जिम्मेवारी मात्र हो । त्यहाँ आउने–जाने गर्दा झनै खर्च बढ्छ । त्यहाँ भएका काम म यहीँबाट गर्छु । कतिपय काम इमेलमार्फत पनि हुन्छ,’ पन्थीले नयाँ पत्रिकासँग भने । दमकमा रहेको रेल आयोजना कार्यालय कामविहीन अवस्थामा रहेको पन्थी स्वीकार गर्छन् । ‘अहिले त कामविहीन अवस्थामा छ । रेलमार्गमा परेकोबाहेकको जग्गा फुकुवा गर्ने निर्णयपछि दिनमा एक–दुईजना सेवाग्राही आउँछन्,’ उनले भने, ‘अहिले काम छैन । तर, मुआब्जा दिन थाल्ने निर्णय भयो भने यो कार्यालयको काम धेरै हुन्छ ।’ कार्यालयको काम नभएपछि घरको भाडा घटाउने गरी घरबेटीसँग छलफल भइरहेको पन्थीले बताए ।

    रेल विभागले जग्गा अधिग्रहणका लागि नागरिकको घरजग्गा रोक्का गरेको साढे तीन वर्ष बित्यो । तर, अहिलेसम्म मुआब्जा कहिले पाउने हो टुंगो छैन । ०७७ जेठमा विभागले अधिग्रहणको सूचना जारी गरेको थियो । तर, अहिलेसम्म अधिग्रहण गर्न सकेको छैन । १०६ किलोमिटर लामो यो खण्डमा करिब ७६० बिघा निजी जग्गा अधिग्रहण गर्नुपर्ने रेल विभागले जनाएको छ । मुआब्जा वितरणका लागि झन्डै २४ अर्ब लाग्ने विभागको अनुमान छ । तर, राज्यले बजेट नछुट्याएपछि मुआब्जा वितरणको काम हुनसकेको छैन । ‘मुआब्जा दिने–नदिने टुंगो छैन । रेलमार्गमा धेरै जग्गा पर्नेहरू कित्ताकाट गरेर आफ्नो जग्गा बिगार्न चाहँदैनन् । तसर्थ, रेलमार्ग बाहिर परेका जग्गाको कित्ताकाट गर्न प्रभावितहरू खासै पुगेका छैनन्,’ रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समिति प्रदेश महासचिव रञ्जित प्रसाईंले भने, ‘अहिले मुआब्जा वितरणको काम भएको छैन । निर्माणको काम पनि भएको छैन । दमकको रेल आयोजना कार्यालयमा प्रभावित पुग्ने काम पनि परेको छैन । तसर्थ, यो कार्यालय हुनु र नहुने हाम्रा लागि खासै अर्थ छैन ।’ रेलमार्ग प्रभावित कहिलेकाहीँ त्यहाँ पुग्ने गरेका छन् । त्यहाँ पुगेका सेवाग्राहीले रेलमार्गका बारेमा सोध्दा त्यहाँ रहेका कर्मचारीले थाहा छैन भन्ने जवाफ दिने गरेको कमल गाउँपालिकाका प्रभावित मिनोद संग्रौलाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑