• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेसका ३६ पालिकाले अझै ल्याएनन् बजेट

  • वीरगंज संजाल
  • Sep 4, 2023, 11:52 am
  • ७८५

    वीरगंज । असार दोस्रो साताभित्र स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था छ । तर, मधेस प्रदेशका ३६ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । समयमा बजेट नआउँदा दैनिक कार्यालय सञ्चालनमा समस्या देखिएको छ । बजेट नल्याउनेमा सप्तरीका सात, सिराहाका चार, धनुषाका चार, महोत्तरीको एक, सर्लाहीका चार, रौतहटका आठ, बाराका दुई र पर्साका छ पालिका छन् । वार्षिक बजेट नल्याउने पालिकाहरूमा विकास निर्माणका काम ठप्प छन् । कर्मचारीहरूले तलब पाएका छैनन् । भदौ दोस्रो सातासम्म पनि बजेट ल्याउन नसक्नुको मुख्य कारण गाउँ तथा नगर सभामा राजनीतिक दलबिचको किचलो तथा प्रमुख र उपप्रमुखबिचको मनमुटाब देखिन्छ । धनुषाको मिथिला नगरपालिकामा जनप्रतिनिधिको टकराबले बजेट ल्याइए पनि कार्यान्वयनमा आउन सकेको छैन । मेयर महेन्द्र महतो र उपमेयर सुनितासिंह बुढाथोकीबिच मनमुटाब छ ।

    मेयर महतो नेपाली काङ्ग्रेस र उपमेयर बुढाथोकी नेकपा एमालेबाट निर्वाचित छन् । उनीहरूबिच बोलचालसमेत छैन । मेयर महतोले साउन १७ मा बहुमत सदस्यको हस्ताक्षरबाट बजेट पारित गरे । तर, उपमेयरले बजेट कार्यान्वयन नगर्न साउन १८ मै उच्च अदालत जनकपुरमा मुद्दा दिइन् । अदालतबाट स्टेअर्डर जारी भएपछि बजेट कार्यान्वयन नभएको नगरपालिकाका एक कर्मचारीले बताए । बाराको सिम्रौनगढ नगरपालिकामा पनि मेयर र उपमेयरबिचको विवाद उत्कर्षमा रहेकाले नगर सभा हुन् सकेको छैन । उपमेयर नजमु शेहरले बजेट ल्याउन कुरा मिलाइरहेको बताइन् । कतिपय पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले पनि बजेट ल्याउन सकस छ । प्रमुख प्रशासकीय अधिकृत रहेको र विना जानकारी लामो समयदेखि अनुपस्थित रहेकाले धेरै पालिकाले बजेट ल्याउन सकेका छैनन् । धनुषाको कमला नगरपालिकाले पनि लामो समय अधिकृत अनुपस्थित हुँदा बजेट ल्याउन सकेको छैन । कमलाका अधिकृत ओमप्रकाश महतो विगत डेढ महिनादेखि कार्यालयमा अनुपस्थित छन् ।

    सप्तरीको राजविराज नगरपालिकाको हालत पनि कमला जस्तै छ । मेयर भीमराज यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निलम्बनमा परेका छन् । अहिले उपमेयर इसरत परविनले नगरपालिकाको नेतृत्व सम्हालेकी छन् । उपमेयर परविनले हाकिम असारमै काठमाडौँ गएको र पछि उनको सरुवा भए पनि नयाँ हाकिम नआउँदा बजेट ल्याउन नसकेको बताउँछिन् । उनले भनिन्, ‘असार २४ मै हाकिम काठमाडौँ जानुभयो । हामीलाई जानकारी पनि दिनुभएन । सम्पर्क गर्दा आउने भने पनि चीन भ्रमणमा जानुभयो ।’आँखा पाक्ने रोगका कारण सिराहाको कल्याणपुर नगरपालिकाले बजेट ल्याउन सकेन । कल्याणपुरका मेयर राम पुकार साह भन्छन्, ‘आँखा पाकेपछि मलाई सञ्चो भएन । वडाध्यक्षका परिवारका सदस्यहरूको पनि आँखा पाक्यो । कर्मचारीले पनि सहयोग गरेन । त्यसैले अहिलेसम्म बजेट ल्याउन सकेनौँ ।’बजेट समयमै ल्याउनुपर्ने भए पनि समस्या भएको भन्दै उनले भदौभित्रै बजेट ल्याउने तयारी गरेको बताए । जनप्रतिनिधिहरूबिच विवाद नरहेकाले बजेट छिट्टै ल्याउने उनको दाबी छ ।

    बजेट पेस नभएका पालिकाहरू:

    १) कञ्चनरुप नगरपालिका, सप्तरी

    २) राजविराज नगरपालिका, सप्तरी

    ३) हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी

    ४) छिन्नमस्ता गाउँपालिका, सप्तरी

    ५) महादेवा गाउँपालिका, सप्तरी

    ६) रुपनी गाउँपालिका, सप्तरी

    ७) बलान बिहुल गाउँपालिका, सप्तरी

    ८) कल्याणपुर नगरपालिका, सिराहा

    ९) औरही गाउँपालिका, सिराहा

    १०) नवराजपुर गाउँपालिका, सिराहा

    ११) भगवानपुर गाउँपालिका, सिराहा

    १२) मिथिला नगरपालिका, धनुषा

    १३) औरही गाउँपालिका, धनुषा

    १४) कमला नगरपालिका, धनुषा

    १५) धनौजी गाउँपालिका, धनुषा

    १६) सोनमा गाउँपालिका, महोत्तरी

    १७) बलरा गाउँपालिका, सर्लाही

    १८) हरिवन नगरपालिका, सर्लाही

    १९) हरिपूर्वा नगरपालिका, सर्लाही

    २०) चन्द्रनगर गाउँपालिका, सर्लाही

    २१) गरुडा नगरपालिका, रौतहट

    २२) कटहरी नगरपालिका, रौतहट

    २३) गढीमाई नगरपालिका, रौतहट

    २४) देवाही गोनाही नगरपालिका, रौतहट

    २५) फतुवा विजयपुर नगरपालिका, रौतहट

    २६) माधवनारायण नगरपालिका, रौतहट

    २७) मौलापुर नगरपालिका, रौतहट

    २८) यमुनामाई गाउँपालिका, रौतहट

    २९) सिम्रौनगढ नगरपालिका, बारा

    ३०) आदर्श कोतवाल गाउँपालिका, बारा

    ३१) धोबनी गाउँपालिका, पर्सा

    ३२) पकाहा मैनपुर गाउँपालिका, पर्सा

    ३३) पर्सागढी नगरपालिका, पर्सा

    ३४) बिन्दवासिनी गाउँपालिका, पर्सा

    ३५) सखुवा प्रसौनी गाउँपालिका, पर्सा

    ३६) जिराभवानी गाउँपालिका, पर्सा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑